Thursday, 20 October 2016

पूर्वमन्त्री घिमिरे बेपत्ता भएको ठाउँमै गुडिरहेको गाडीबाट हाम्फालेर एकजना बेपत्ता

चितवन । चितवनको घोप्टेभिरमा शुक्रबार बिहान गुडिरहेको गाडीको ढोकाबाट हाम्फालेर एक व्यक्ति बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार जिल्लास्थित दारेचोक–३ को घोप्टेभिरमा गाडीको ढोकाबाट हाम्फालेका व्यक्ति बेपत्ता भएका हुन् ।

भैरहवाबाट काठमाडौँ जाँदै गरेको लु १ ख ६४६६ नम्बरको बसको ढोकाबाट हाम्फालेर रामेछाप चुरचुरे–६ बस्ने ३८ वर्षीय रोशनकुमार गुवाजु बेपत्ता भएका हुन् । बिहान करिब २ः३५ को समयमा उक्त घटना भएको हो । उनको अहिलेसम्म अवस्था पत्ता नलागेको प्रहरीले जनाएको छ । उनी भिर भएको क्षेत्रमा हाम्फालेकाले त्रिशूली नदीमा खसेको आशङ्का प्रहरीले गरेको छ ।

गाडीमा रहेका उनका आफन्त अमर श्रेष्ठलाई उद्धृृत गर्दै प्रहरीले उनी केही मनोरोगी भएको जानकारी दिएको छ । खोजी जारी रहेको प्रहरीले जनाएको छ । अघिल्लो महिनामा त्यही घोप्टेभिर क्षेत्रबाट पूर्वगृहमन्त्री माधव घिमिरेसहित उनका आफन्त सवार गाडीसमेत दुर्घटना हुँदा गाडीसहित तीनजना बेपत्ता भएका थिए । 

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us