Monday, 3 October 2016

मरेकोु बालक व्युँतिएपछि......

क्वीन्सल्याण्ड ।अष्ट्रेलियाको क्वीन्सल्याण्डमा एक दुई वर्षीय बालक एली आफ्ना आमासँग कुखुरालाई दाना दिइरहेका थिए । सोही समयमा एउटा सर्प आउँछ र बच्चालाई तीन पटक डस्छ ।

उनलाई तत्काल उपचारका लागि अस्पताल लगिन्छ । अस्पताल पुग्दासम्म उनको हृदयको गति रोकिइसकेको हुन्छ । तर त्यति नै बेला चमत्कार जस्तो केही हुन्छ र चिकित्सकहरु उनको मुटुको चाल पुनः फर्काउन सफल हुन्छन् ।

अहिले उक्त बालक ब्रिसबेनको एक अस्पतालमा मृत्युसँग लडिरहेका छन् । सर्प समात्ने काम गर्ने रिचेल गिलवर्टले उक्त बालकका आमाले उनको घाउमा सिधै प्रेसर व्यान्डेज गरेका कारण उनको ज्यान जोगिन सफल भएको बताएका छन् ।

बच्चालाई ताइपान्स सार्पले टोकेको थियो । यदि तत्काल उपचार पाएको अवस्थामा उक्त सर्पको टोकाइबाट मृत्यु हुने सम्भावना निकै कम हुन्छ, तर बच्चा र वृद्ध अवस्थाका मानिसको हकमा भने यो अवस्था फरक हुने चिकित्सकहरुले बताएका छन् ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us