Tuesday, 25 October 2016

भारतीयलाई नेपाली सरह व्यावहार गर्न दबाब

काठमाडौं । भारतले आफ्ना नागरिकलाई नेपाली नागरिक सरह नेपालमा राष्ट्रिय व्यवहारु हुनपर्ने भन्दै नेपाललाई पुनः दबाब दिएको छ । भारतीय विदेश मन्त्रालयले पन्ध्र दिन अघि परराष्ट्र मन्त्रालयलाई पत्र लेख्दै भारतीय नागरिकलाई नेपाली नागरिक सरह नेपालमा राष्ट्रिय व्यवहारु हुनुपर्ने भन्दै त्यस सन्दर्भमा नेपालको धारणा मागेको हो ।

परराष्ट्रका एक उच्च अधिकारीले त्यस सम्बन्धमा नेपालले तत्काल कुनै निर्णय गर्न नसक्ने जवाफ कुटनीतिक च्यानलबाट भारत सरकारलाई दिइसकिएको छ । यद्यपी नेपाल र भारतबीच बिहीबार नयाँ दिल्लीमा हुन लागेको एक दिने विदेशमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा उक्त एजेन्डा भारतीय पक्षले उठाउने सम्भवना रहेको ती अधिकारीले बताए ।

ुयस विषय संयुक्त आयोगको बैठकमा भारतले नउठाओस् भन्ने हाम्रो चाहना छु, बैठककमा लागि नयाँ दिल्ली पुगेका ती अधिकारीले भने । काठमाडौंस्थित भारतीय दूतावासका एक अधिकारीले यस सम्बन्धमा नेपालको निर्णय आफूहरूलाई मान्य हुने बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री डा.प्रकाशशरण महतले यस विषयमा अहिले कुनै निर्णय लिन नसकिने भारतीय पक्षलाई बताइसकेको स्रोतको भनाइ छ । यद्यपी यो विषय नयाँ भने होइन । भारतले विगतदेखि नै यस मुद्दामा सहमत गराउन नेपाललाई दबाब दिँदै आएको छ । नेपाल र भारतबीच सन् १९५० मा शान्ति तथा मैत्री सन्धि भएदेखि नै नेपालले अव्यावहारिक भन्दै हटाउन चाहेको सन्धिको प्रावधानलाई टेकेर उक्त मुद्दालाई भारतले पुनः अघि सारेको हो ।

उक्त सन्धिको धारा ७ ले भारत र नेपालका नागरिकलाई एक अर्काको देशमा बसोबास गर्न, सम्पत्ति खरिद बिक्री गर्न, व्यापारिक गतिविधिमा संलग्न हुन, एक अर्काको देशभित्र सहज रुपमा घुमफिर गर्ने सुविधा बताउँछ । यद्यपी यस धाराको पालना नेपाल र भारत दुवैले गरेको देखिँदैन ।

धारा ६ ले नेपाल र भारतले एक अर्को देशका नागरिकलाई आर्थिक तथा औद्योगिक विकासका लागि एक अर्काको भूमिमा सहभागी हुन पाउने सुविधा दिएको छ । तर, यस प्रावधानको कार्यान्वयन हालसम्म हुन सकेको छैन । नेपालले माथि उल्लेखित प्रावधान पूर्णरुपमा अव्यावहारिक मान्दै आएको छ ।

नेपाल र भारतबीचको प्रबुद्ध समूहको बैठकमा समेत यी प्रावधानका विषयमा एक पटक छलफल भइसकेको प्रबुद्ध समूहका एक सदस्यले बताए । भारतमा अहिले ६० लाख भन्दा बढी नेपाली विभिन्न क्षेत्रमा काम गरिरहेको र उनीहरूलाई सहज सुविधा दिइराखिएको भन्दै भारतले आफ्ना नागरिकलाई पनि नेपालभित्र सहज रुपमा काम गर्न पाउनुपर्ने, उनीहरूले सम्पत्ती किनबेच र बसोबासको सुविधा दिइनुपर्ने माग गर्दै आएको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us