Saturday, 22 October 2016

राष्ट्रपति र उनको छोरीको जुत्ता चप्पल उठाउन सेना प्रयोग,राजा संस्कृतिकै पुनरावृत्ति हुन थालेको टिप्पणी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी उनकी दुई छोरी र परिवारका राष्ट्रपति कार्यालयका अन्य ब्यक्तिको जुता चप्पल उठाउन नेपाली सेनाको प्रयोग गरेको पाईएको छ । 

शनिबार बिहान सप्तरीको सखडास्थित प्रसिद्ध छिन्नमस्ता भगवती दर्शनका लागि राष्ट्रपति भण्डारी दुई छोरी उषा किरण र निशा कुसुमसहित पुग्दा उनीहरुको जुता चप्पल उठाउन सेनाको प्रयोग गरिएको हो । हेलिकप्टरबाट छोरीहरुसहित छिन्नमस्ता पुगेकी राष्ट्रपति भण्डारी मन्दिरमा पुजा गर्न गएपछि नेपाली सेनाका जवानहरुले उनी र उनकी छोरीहरुको जुता चप्पल उठाएर मन्दिरको निकासद्वारसम्म पुऱ्याएका थिए । 

निकासद्वारको केही टाढा जुता चप्पल राखिएपछि सेनाका एकजना माथिल्लो दर्जाका अधिकारीको निर्देशनमा पुनस् सैनिक जवानले चप्पल जुता उठाएर मन्दिर निकासद्वारको गेटनजिकै पुऱ्याएका थिए । राष्ट्रपति र उनकी छोरीहरुको जुता चप्पल सैनिकले उठाउँदा मन्दिर परिसरमा रहेकाहरुले पुरानो राजा संस्कृतिकै पुनरावृत्ति हुन थालेको आरोप लगाएका थिए । 



About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us