Saturday, 15 October 2016

पिपलबोटमा झुण्डिएको अवस्थामा सैनिकको शव फेला

काठमाडौं । राजधानीको चाबहिलस्थित गोपीकृष्ण हलसँगै पिपलबोटमा एक सैनिकको शव झुण्डिएको अवस्थामा फेला परेको छ ।

उक्त शव सुर्खेत घर भएका श्रीकृष्ण दल गण राजविराजका प्यूठ प्रताप पुन मगरको रहेको बुझिएको छ ।

झुण्डिएको अवस्थामा फेला परेका नीज पुनले सोही स्थानमा रहेको पीपलबोटमा झुण्डिएर आत्महत्या गरेको आशंका नेपाली सेना र अपराध अनुसन्धान महाशाखाको टोलीले गरेको छ ।

उनको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल पु¥याइएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us