Thursday, 27 October 2016

तिहार लक्षित सुरक्षा योजना लागू, राजधानीमा मात्रै ४ हजार प्रहरीको २४ घन्टे ड्युटी

काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो महान चार्ड तिहार आजबाट सुरु भएको छ। राजधानी लगायत मुलुकका मुख्य सहरमा दीपावलीको रौनक सुरु भइसकेको छ।

तर यो खुसीयालीमा हुन सक्ने सम्भावित विभिन्न घटनालाई मध्यनजर गर्दै सुरक्षा निकायले भने एकीकृत सुरक्षा योजना बनाएर लागु गरेको छ। दीपावलीमा हिंसात्मक घटना हुन नपाओस भनेर प्रहरी प्रधान कार्यालयले देशैभरका आआफ्ना युनिटलाई हाइअलर्टमा रहन निर्देशन दिएको छ।

राजधानीमा मात्रै दीपावलीभर ४ हजार सुरक्षा कर्मी २४ घण्टा परिचालन हुने भएका छन्।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us