Saturday, 22 October 2016

वस्त्रहीन हुँदै नीता ढुंगाना

काठमाडौं । नीता ढुंगाना चलचित्रका लागि न्युड दृश्य दिन राजी भएकी छिन् । हाल बागलुङमा छायांकन भैरहेको चलचित्र ‘पञ्चायत’को एक दृश्यमा उनी वस्त्रहीन हुनुपर्ने कथाको माग भएको दाबी गरिएको छ ।

पाँच दशकअघिको सामाजिक परिवेशमा महिलाप्रति गरिने विभेद एवं मुखियाप्रथामा लेखक तथा निर्देशक शिवम अधिकारीले तयार पारेको स्क्रिप्टको एक दृश्यमा उनले नग्न हुनुपर्नेछ ।

उक्त दृश्यलाई निर्देशक अधिकारीले कसरी खिचाउँछन् र नायिका ढुंगाना कत्तिको सहज ढंगले वस्त्रहीन हुन्छिन्, त्यो त उक्त दृश्यको छायांकनपछि मात्र थाहा हुनेछ । ब्रेकअपपछि काममा व्यस्त नीता फरक ढंगको चरित्र निर्वाह गर्ने क्रममा उक्त भूमिकाका लागि राजी भएको बताइन्छ । 



About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us