Friday, 28 October 2016

प्रधानमन्त्रीको प्रशासनिक सल्लाहकारमा प्रचण्डका भाइ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो प्रशासनिक सल्लाहकारमा भाइ नारायण दाहाललाई नियुक्त गरेका छन् । बिहीबारको मन्त्रिपरिषद् बैठकले दाहाललाई नियुक्त गरेको हो ।

दाहाल माओवादीका नेता एवं प्रचण्डका काकाका छोरा हुन् । प्रचण्डको स्वकीय सचिवमा छोरा प्रकाश दाहाल छन् ।

चितवनका पूर्व सभासद समेत रहेका नारायण दाहालले नियुक्ति अघि नै सरकारका काम कारबाहीमा हस्तक्षेपकारी भूमिका खेल्दै आएका थिए ।

स्थानीय विकास मन्त्रालयले गरेको एलडीओहरुको सरुवामा हस्तक्षेप गर्न दाहालको टोली पुगेको थियो ।

नारायण दाहालले भने प्रचण्डसँगको सम्वन्धका कारण आफूलाई आरोप लाग्ने गरेको गुनासो गर्दै आएका छन् ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us