काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको मन्त्रीस्तरीय बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री डा.प्रकाशशरण महत बुधबार भारत भारत प्रस्थान गरेका छन् । बिहीबार हुने बैठकमा नेपालका तर्फबाट मन्त्री डा. महत र भारतका तर्फबाट विदेशमन्त्री सुष्मा स्वराजले प्रतिनिधित्व गर्नेछन् ।
बैठकमा नेपाल–भारतका बीचमा विगतमा भएका सम्झौता र आयोजनाको कार्यान्वयनको अवस्थाबारेमा वृहत समीक्षा हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको हालै भारत भ्रमणका क्रममा भएका सहमतिलगायत यसअघि नेपाल–भारतबीच भएका सहमति तथा आयोजनाको कार्यान्वयनका बारेमा वृहत समीक्षा हुने बताइएको छ ।
परराष्ट्रमन्त्री डा। महतले नेपाल–भारत संयुक्त बैठकमा विगतमा भएका सन्धि सम्झौता कार्यान्वयन तथा गण्डक सम्झौताको विषयलाई प्राथमिकताका साथ उठाउने बताएका छन् ।