Tuesday, 18 October 2016

स्मार्टफोन चलाउन नदिएको भन्दै फलामको डण्डिले हिर्काएर बुहारीले गरिन् सासूको हत्या

काठमाडौं । स्मार्टफोन चलाउन नदिएको भन्दै भारतमा एक नवविजाहित बुहारीले सासूको हत्या गरेकी छिन् । स्मार्टफोन मानिसहरुको नशा–नशामा बसिसकेसँगै सासूले चलाउन नदिएपछि फलामको डण्डिले हिर्काएर हत्या गरेको खुल्न आएको छ ।
भारतको भिवानी जिल्लाको प्रेमनगर कोलोनीमा बस्ने सुरेखाले सासूको मृत्युको कथा बुनिन् तर पुलिसको लगातारको सोधपुछ पछि उनले आफ्नो अपराध स्विकार गरिन् ।

फूलवतीलाई रगतको पोखरीमा र सुरेखालाई अचेत देखेपछि फूलवतीका श्रीमान्ले पुलिसलाई खबर गरेका थिए । उनले ती दुबैलाई नजिकैको अस्पताल पुर्याए तर डाक्टरहरुले फूलवतीलाई मृत घोषणा गरिदिए ।

घटनाबारे सोधपुछ गर्दा सुरेखाले दुई मास्क लगाएका मानिसहरुले उनको घरभित्र छिरेर दुबैमाथि हमला गरेको बताएकी थिइन् । यद्यपी, पुलिसले सुरेखाले बुनेको कथामाथि विश्वास गर्न सकेनन् र उनलाई सोधपुछका लागि पुनः बोलाए ।

अनुसन्धानकै क्रममा सुरेखाले आफ्नो सासुको फलामको डन्डी प्रयोग गरेर हत्या गरेको स्विकार गरिन् । आफूलाई मोबाइल चलाउन नदिएकै कारण उनले सासूको हत्या गरेको बताइन् ।

सुरेखालाई अहिले पुलिसले पक्राउ गरेको छ । सुरेखाले सासूको कचकच सुन्न नसकेपछि यस्तो गरेको पुलिसलाई बताइन् ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us