काठमाडौं ।लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग प्रस्तावको प्रस्तावक बनेका माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले आफुलाई अपरिचित व्यक्तिबाट धम्की आएको बताएका छन् ।
लोकमानविरुद्ध बुधबार संसदमा प्रस्ताव दर्ता गर्ने बित्तिकै आफूलाई प्रस्ताव फिर्ता लिन धम्की आएको उनले बताए । ‘अपरिचित मान्छेले प्रस्ताव फिर्ता लिन धम्की दिए’ उनले भने । सांसद् शाहीले अपरिचित व्यक्तिबाट प्रस्ताव फिर्ता लिन धम्की आएको बताएका हुन् ।
उनले भने, प्रस्ताव फिर्ता लिनुहोस्, नत्र परिणाम नराम्रो होला भनेर धम्की दिइराखेका छन् ।’ लोकमानको मान्छेले हो या अरुले हो नेट फोनबाट बारम्बार धम्की दिईरहेको भन्दै शाहीले जस्तो सुकै धम्की आएपनि प्रस्ताव फिर्ता नहुने दावी गरे ।
विदेशबाट फर्किने बित्तिकै लोकमानले गणतन्त्र सिध्याउने योजनासहित काम गर्न खोजेको सूचना पाएपछि आफूहरुले प्रस्ताव दर्ता गरेको उनको भनाई छ । ‘त्यसैले पार्टी अध्यक्षलाई समेत जानकारी नगराई एमालेसँग मिलेर हतारहतार प्रस्ताव दर्ता गर्नुपरेको हो, यो एकप्रकारको सरप्राइज एट्याक्ट नै थियो’ उनले भने ।
उनले आफ्लाई अहिलेसम्म ज्यान मार्ने धम्की त नआएको भन्दै प्रस्ताव फिर्ता ल्याउन सम्म धम्की आएको बताए । उनले भने, ‘मार्ने धम्की त आएको छैन तर नआउला भन्ने पनि छैन । बरु सेफ ल्यान्डिङ छ भने खोजिदिनुप¥यो भनेर आएका छन्।’ ‘मैले मान्दैन भनेर कतिले भन्न आउने आँट पनि गरेका छैनन,’ उनको भनाई थियो।