Monday, 24 October 2016

नेपालका दुर्गममा विद्यालय बनाउँदै नर्बेका राजदूत

काठमाडौं । नेपालका लागि नर्वेका राजदूत स्येल टोर्मोड पेटर्सन र जर्मनीका राजदूत माथियास मेयर करिब पाँच घन्टा साँघुरो र उकालो बाटो हिँडेर धादिङ सेम्जोङ पुग्दा गाउँभरिका विद्यार्थी र अभिभावकको भीड लाग्यो ।

राजदूतको स्वागतका लागि डेढ वर्षअघि भूकम्पले भवन भत्काएपछि पाल र जस्ताको टहरोमा पढिरहेका शान्ति प्राथमिक विद्यालयका विद्यार्थीले परम्परागत नृत्य प्रस्तुत गरे । अभिभावक खानाको प्रबन्धमा जुटे । विद्यार्थी र अभिभावकको स्वागतले दंग परेका राजदूतले आफैं ढुंगा, बालुवा र सिमेन्ट तयार पारेर विधिवत् पूजा(आराधना र बाजागाजाबीच विद्यालय शिलान्यास गरे । सुरक्षित अध्ययनको आसमा रहेका विद्यार्थी छिट्टै त्यस्तो सुविधा पाउने विश्वासमा छन् ।

नर्वेको आर्थिक सहयोगमा जर्मन विकास सहयोग (जीआईजेड) को नेपाल जर्मन रिकभर प्रोग्रामले पुनर्निर्माण गर्न लागेको सेम्जोङको शान्ति प्राथमिक विद्यालयसँगै गैरा निम्न माध्यमिक विद्यालय, चौतारा उच्च माध्यमिक विद्यालय, बौद्ध प्राथमिक विद्यालय, थला प्राथमिक विद्यालय, इन्दिरादेवी प्राथमिक विद्यालय, जिल्लाकै जीवनपुर गाविसको कुलचन्द्र उच्च माध्यमिक विद्यालय र त्रिकुटेश्वरी निम्न माध्यमिक विद्यालयका विद्यार्थी पनि त्यस्तै हर्षित भएका छन् ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us