काठमाडौं । भारत र चीनका राष्ट्रपति नेपाल भ्रमणमा आउने दिन सरकारले सार्बजनिक विदा दिने निर्णय गरेको छ । विहीबार बसेको मन्त्रिपरिषद बैठकले दुई छिमेकी देशका राष्ट्रप्रमुख नेपाल भ्रमणमा आउँदा सार्बजनिक विदा दिने निर्णय गरेको हो ।
भारतीय राष्ट्रपति प्रणव मुखर्जी यही कात्तिक १७ गते नेपाल भ्रमणमा आउँदैछन् । सोही दिन राष्ट्रपति मुखर्जी आउदा ४५ मिनेट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल समेत प्रभावित हुनेछ । चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमण भने टुंगो लागिसकेको छैन ।