Thursday, 6 October 2016

रेखा थापा मंसिरकै पहिलो साता विवाह बन्धनमा बाँधिने

काठमाडौं ।  चर्चित नायिका रेखा थापाले यही मंसिरमै नयाँ घरजम गर्ने भएकीछिन् । एक संचारमा माध्यमसँग करा गर्ने क्रममा नायिका थापाले ‘यही मंसिरमै घरजम गर्ने र त्यसको लागि आवश्यक तयारी भइरहेको बताएकी छिन् । 

हुने वाला पति को हो त भन्ने जिज्ञासामा भने नायिका थापा मौन रहिन । उनले अघि थपिन्,‘नाम अहिले नभनौं, तर उहाँ चलचित्र क्षेत्र बाहिरको मान्छे हो, अरु त विहे पछि थाहा भैहाल्छ नि ।’

हुन त नायिका थापाले यसअघि पनि आफू विगतलाई सम्मान गर्दै अर्को बिहे गर्ने तयारीमा रहेको बताएकीथिईन । चर्चित हाँस्यकलाकार हरिवंश आचार्यले दोस्रो घरजम गरेलगत्तै उनले यस्तो प्रतिक्रिया दिएकीथिईन,‘मेरो पनि चाहना छ, एउटा माया गर्ने श्रीमान् होस्, काखामा वच्चा होस्, रमाईलो परिवार होस्, मिति नै तोक्न त सक्दिन तर अर्को बिहे चाहिं गर्छु ।’

त्यतिमात्रै होईन, उनले छविराज ओझासँग आफ्नो विहे नभएको समेत दाबी गरेकी थिईन । ओझाले नवनायिका शिल्पा पोखरेलसँग यही दशैंको टिकाको साईतमा विहे गर्ने खबर बाहिर आईरहेको वेलामा नायिका थापाले पनि आफूपनि विहेको अन्तिम तयारीमा जुटेको खुलासा गरेकी हुन् । उनका अनुसार विहे भने मंसिरको पहिलो हप्तामै हुनेछ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us