Thursday, 27 October 2016

राष्ट्रपतिद्वारा गिरानचौर एकीकृत नमुना बस्ती हस्तान्तरण

मेलम्ची । सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–८ स्थित गिरानचौरमा कलाकारद्वय धुर्मुस र सुन्तलीले निर्माण गरेको एकीकृत नमुना बस्ती सम्बन्धित भूकम्पपीडितका लागि हस्तान्तरण गरिएको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीले ६५ भवन, पाँच बालउद्यान र एउटा सामुदायिक भवन सहितको एकीकृत नमुना बस्ती शुक्रबार आयोजित एक समारोहबीच  व्यवस्थापन समितिका प्रमुख रामबहादुर तामाङलाई हस्तान्तरण गरिन् ।  नमुना बस्ती पाँच करोड १४ लाख ४९ हजार १ सय ८७ को लागतमा निर्माण भएका कलाकार सीताराम कट्टेल ९धुर्मुस०ले जानकारी दिए । ती भवन ३५ रोपनी जग्गामा निर्माण गरिएको छ ।  गिरानचौर  बस्ती निर्माणका लागि स्वदेश तथा विदेशबाट छ करोड १७ लाख रकम स‌ंकलन भएको कलाकार कट्टेलले बताए ।  

स्वच्छ र हरियाली सहरको अवधारणासहित अपाङ्गमैत्री, बालमैत्री र वातावरणमैत्री भूकम्प प्रतिरोधात्मक भवन निर्माण गरिएको छ । 

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, गिरानचौर एकीकृत नमुना बस्ती तथा पर्यटन प्रवर्द्धन परियोजनाअन्तर्गत मेलम्ची नगरपालिका र भवन विभागसँग समन्वय गरी ती निर्माण गरिएका हुन् । आर्थिक अवस्था कमजोर भएका तामाङ सामुदायलाई प्रत्यक्ष रुपमा फाइदा पुग्ने गरी ६५ घरधुरीका एकरएक तथा दैनिक ज्यालादारीमा काम गर्ने ३१ र विभिन्न सङ्घ संस्थाबाट गरी एक सय जनाको दैनिक श्रमबाट बस्ती निर्माण सम्पन्न गरिएको हो । 



About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us