Monday, 24 October 2016

लामखुट्टे धपाउन प्रयोग गरिने धूपमा क्यान्सरको खतरा

एजेन्सी । गर्मीयाम सकिन लागेपछि लामखुट्टेको तनाव धेरै घरबाट भने हटिसकेको छैन । खासगरी गर्मी र फोहोर ठाउँमा लामखुट्टे बढी देखिने भएकाले तराई लगायतका क्षेत्रबाट लामखुट्टे अझै विदा भइसकेका छैनन् ।

पछिल्ला दिनहरुमा लामखुट्टेको टोकाइका कारण विभन्न खतरनाक रोगको संक्रमण बढ्न थालेपछि लामखुट्टेले थप त्रास बढाइरहेका छन् ।

लामखुट्टेको टोकाइबाट बच्न बजारमा विभिन्न साधनहरु आउने गरेका छन् । लामखुट्टेको टोकाइबाट बचाउने सबैभन्दा राम्रो वस्तु भनको झुल नै हो । तर झुललाई सुत्ने ठाउँमा मात्र प्रयोग गर्न सकिने हुँदा अन्य खुला स्थानमा लामखुट्टेको टोकाइबाट कसरी बच्ने भन्ने चिन्ता सबैमा हुन्छ ।

पछिल्लो समय खुला ठाउँबाट पनि लामखुट्टेलाई धपाउने धूपको प्रयोग धेरै बढेको पाइन्छ । तर यस्ता धूपहरु मानिसको स्वास्थ्यका लागि निकै घातक हुने बताइएको छ । सुत्ने बेलामा लामखुट्टे भगाउन धूप प्रयोग गर्ने व्यक्तिलाई फोक्सोको क्यान्सरजस्ता भयानक रोग चाँडै लाग्ने खतरा बढी हुन्छ ।

चिकित्सकहरुका अनुसार एउटा धूप बाल्दा १०० चुरोट बिँडी जलाए बराबर धुँवा निस्कन्छ । त्यो धुँवाले चुरोट बिँडी खाने व्यक्तिजस्तै धूप प्रयोग गरेर सुत्ने व्यक्तिलाई क्यान्सर चाँडै लाग्ने खतरा बढी हुन्छ ।

चेस्ट रिसर्च फाउन्डेसन मलेसियामा गरिएको एक अध्ययनले पनि लामखुट्टे धपाउन बालिने एउटा क्वाइलबाट निस्किने धुवाँले फोक्सोलाई एक सय चुरोट बिँडी सल्काउँदा निस्कने धुवाँले जति नै नोक्सान पुर् याउने देखाएको छ ।

त्यसैले चुरोट बिँडी खाने व्यक्ति जस्तै धूप प्रयोग गर्ने व्यक्ति पनि फोक्सो वा मस्तिष्कको क्यान्सरको सिकार हुन सक्दछन् ।

लामखुट्टे धपाउन बालिने धूपकॊ धुवाँको सम्पर्कमा रहेकालाई फोक्सोको क्यान्सर हुने सम्भावना ३० प्रतिशत बढी हुन्छ चिकित्सकहरु भन्छन्९ लामखुट्टेको धूपले मस्तिष्कका लागि मन्द विषको काम गर्छ । यसले खासगरेर बालबालिकाको स्मरणशक्तिसमेत प्रभावित हुन्छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us