Wednesday, 26 October 2016

दान र सहयोगको सूचकांकमा नेपाल ३९ औं स्थानमा, चीन सबैभन्दा लोभी

काठमाडौं । नेपालले समस्यामा परेकालाई दान दिने र अपरिचित व्यक्तिलाई सहयोग गर्ने देशको विश्व सूचकांकमा राम्रो सुधार गरेको छ।  वर्ल्ड गिभिङ इन्डेक्स २०१६ अनुसार नेपाल समस्यामा परेकालाई दान दिनेमा ४२ स्थान सुधार गर्दै ३९ औं स्थानमा आएको छ। 

यस्तै अपिरिचित व्यक्तिलाई सहयोग गर्ने देशको सूचीमा नेपाल ४६ स्थान सुधार गर्दै ९४ औं स्थानमा आएको छ। सूचकांक अनुसार विश्वका सबैभन्दा दयालु मानिस इराकका छन्। इराकका मानिसले अपरिचित व्यक्तिलाई दिल खोलेर सहयोग गर्ने गरेका छन्। 

यो सूचीमा युद्धको चपेटामा परेको इराक शीर्ष स्थानमा छ। तर, आर्थिक रुपमा विश्व शक्ति राष्ट्रको रुपमा स्थापित हुँदै गएको चीन पुछारमा छ। अपरिचित व्यक्तिलाई सहयोग गर्ने राष्ट्रको सूचीमा लिबिया दोस्रो, कुबेत तेस्रो, सोमालिया चौथो, युएई पाँचौं, मालवी छैटौं, बोस्टावाना सातौं, सिएरा लियोन आठौं, अमेरिका नवौं र साउदी अरेबिया दशौं स्थानमा छन्। 

यस्तै सबैसन्दा सहयोगी देश म्यानमार रहेको प्रतिवेदनले देखाएको छ। यो सूचीमा नेपाल ३९ औं स्थानमा छ। सूचीको दोस्रो स्थानमा अमेरिका, तेस्रोमा अस्ट्रेलिया, चौथोमा न्युजिल्याण्ड, पाँचौंमा श्रीलंका, छैटौंमा क्यानडा, सातौंमा इन्डोनेसिया, आठौंमा बेलायत, नवौंमा आयरल्याण्ड र दशौं स्थानमा युएई छन्।

एक सय ४० देशमा गरिएको अध्ययनमा चीन विश्वको सबैभन्दा लोभी र असहयोगी देश देखिएको छ। चीन दान दिने र अपरिचित व्यक्तिलाई सहयोग गर्ने देशको सूचीमा पुछारमा अर्थात एक सय ४० औं स्थानमा छ। 

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us