Thursday, 6 October 2016

मलेसियाको एयरपोर्टमा मनोज गजुरेल १७ घण्टा मस्त !

काठमाडौं । अष्ट्रेलियाको भ्रमण सकेर फर्केका हास्यकलाकार मनोज गजुरेलले मलेसियाको क्वालालाम्पुरस्थित एयरपोर्टमा १७ घण्टा ट्रान्जिटमा रोकिनुपरेपछि एउटा रमाइलो ब्लग लेखेका छन् ।

उनको गजुरियल ब्लगमा व्यंग्य गर्दै यस्तो लेखिएको छ 

मनोज गजुरेललाई मलेसियामा अन्तराष्ट्रिय ट्रान्जिट पुरस्कार

कलाकार मनोज गजुरेललाई मलेसियामा अन्तराष्ट्र्यि पुरस्कार मिलेको छ । क्लालालम्पुर एयरपोर्ट अथोरिटिले उनलाई ‘ट्रान्जिट पेसेन्जर अफ द डे’को रुपमा पुरस्कृत गरेको हो । गजुरेल मलेसियन एयरलाईन्सबाट सिड्नी–काठमाण्डौको उडानमा थिए । जस अन्तर्गत क्वालालम्पुरमा १७ घण्टा ट्रान्जिट परेको थियो ।

‘लामोभन्दा लामो ट्रान्जिटलाई पनि रमाईलो तरिकाले ब्यहोर्ने यात्रुलाई यो पुरस्कार दिईन्छ ।’ एयरपोर्ट अथोरिटी प्रमुख मरियम अनवरले भनिन् । ‘१८र८ इन्चको सानो सिंगल सोफामा चामत्कारिक ढंगले सुत्न,बस्न र योगासन गर्न सकेकाले उहाँ सम्मानित हुनु भएको हो ।’मलेसियन एयरलाईन्सका प्रबक्ता टायर्ड स्पिडले भने, ‘ट्रन्जिट लामो भयो भनेर हामीसँग रिसाउने यात्रुहरुले मनोजसरले प्राप्त गरेको एप्पलको म्याकबुकबाट सिक्नु जरुरी छ । ।’

‘पहिलो ८ घण्टा एयरपोर्ट भित्रकै होटलमा बिताएपछि बांकी ९ घण्टा लाउन्जमा बसेका थियौं ।’ मनोजका सिड्नी देखिका सहयात्री उपेन्द्र बस्नेतले भने, ‘मनोजदाईले प्राप्त गरेको पुरस्कार हामी सबै ट्रान्जिटेहरुको पुरस्कार हो । यति लामो ट्रान्जिट सबैलाई सधैं परोस् ।’उनले थपे, ‘झन्, बृद्धबृद्धा र बालबालिकालाई झन् कति मज्जा आउंदो हो मलेसियाको एयरपोर्टमा मनोज गजुरेल १७ घण्टा मस्त


About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us