Wednesday, 5 October 2016

गुलियो खानेकुरा धेरै खानुहुन्छ भने पहिला यो पढ्नुहोस्

काठमाडौं । चिनी कत्तिको खान रुचाउनुहुन्छ ? गुलियो ज्यादा खाने गर्नुहुन्छ भने विचार गर्नुहोस् । गुलियो भएका धेरै खानेकुरा खाँदा शरिरमा विभिन्न खाले समस्याहरु देखिने गर्छन् । चिनीको कारण विभिन्न समस्या आइपर्दा तपाईको शारिरीक अवस्थामा समेत ठुलो समस्या उत्पन्न गराउँछ ।

धेरैले सोच्नेगर्छन् कि चिनीको ज्यादाँ प्रयोग गर्यो भने मधुमेह रोगमात्र लाग्छ । तर, यो गलत धारणा हो । ज्यादा गुलियो खादा के के रोग लाग्छन् र कस्ताकस्ता समस्याहरु देखिन्छन् लौ हेर्नुहोस् ।

चिनीको ज्यादा प्रयोग गर्नु भनेको मुटु रोगलाई निम्त्याउनु हो ।

चिनीको ज्यादा प्रयोग गर्दा प्रयोगकर्ताको दिमागलाई मदिरा र कुलतप्रति धकेल्छ ।

गुलियो बढी खादाँ अनावश्यक भोक बढाउँछ जसले गर्दा शरिरमा समस्या पैदा गर्न थाल्छ ।

ख्याल गनुृहोस् ज्यादा चिनीको प्रयोग गर्दा चिनीले कलेजोलाई बिगारिदिन्छ

यसले विभिन्न प्रकारका क्यान्सरहरु समेत निम्त्याउने गर्छ ।

गुलियो भएका खाने कुरा खादाँ इन्सुलिनको मात्रा बढेर जाने गर्छ ।

गुलियोको कारण तपाईको दात कमजोर हुने गर्छ ।

अनावश्यक मोटोपन बढ्छ ।

जवान अवस्थामा पनि ज्यादा गुलिया रुचाउनेहरु बूढो जस्तो देखिने गर्छन् ।

उच्च मधुमेहको जोखिम रहने सम्भावना हुन्छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us