काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले नेपाली समयअनुसार मंगलबार राति ९ बजेर ४५ मिनेटदेखि अनलाइन आवेदन दर्ता खुला हुने जनाएको छ ।
मंगलबार रातिदेखि खुला हुने डीभी आवेदन कात्तिक २२ गते राति १० बजेर ४५ मिनेटसम्म दर्ता सकिनेछ । डीभी विजेताको घोषणा आगामी मे महिनामा हुनेछ । आवेदन निःशुल्क हुने र डीभी चिट्ठाका लागि कुनैपनि शुल्क नलाग्ने दूतावासले जनाएको छ ।
यस्तै, कुनै कन्सल्टेन्टको आवश्यकता नपर्ने भन्दै अमेरिकी दूतावासले आवेदकलाई आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन पनि सुझाव दिएको छ ।
नेपालस्थित अमेरिकी दूतावासले डीभी कसरी भर्ने र के–के चाहिन्छ रु भनेर आफ्नो वेबसाइटमा सम्पूर्ण विवरण उल्लेख गरेको छ । हामीले त्यसलाई जस्ताको तस्तै साभार गरेका छौं, तपाइँले तल पढ्न सक्नुहुनेछ ।
डि.भी. को आवेदन कसरी गर्ने
डि.भि.को आवेदन गर्न निशुल्क र सजिलो छ। तपाई आफै आवेदन भरि पैसा बचाउनुहोस्।
अनि आवेदन पुरा गरि भरिएको निस्चित गर्नुहोस।
डि.भि.को आवेदन गर्न तपाईँलाई के आवश्यक पर्दछ
२) तपाईँ अनि तपाईँको श्रीमान्रश्रीमती र छोराछोरीको व्यक्तिगत विवरण
३) तपाईँ अनि तपाईँको श्रीमान्रश्रीमती र छोराछोरीको हालसालै खिचिएको २”ह२” साइजको फोटो
४)उच्च मध्यमिक परीक्षा उतीर्ण प्रमाणपत्र वा योग्य पेशामा दुई वर्षको कार्यानुभव ।
डि.भि. को आवेदन कसरी गर्ने
५) डि.भि.को आवेदन गर्न सजिलो र निस्शुल्क छ। निम्न पाइलाहरू अपनाउनुहोस्स्
१) कुनै पनि इन्टरनेट भएको कम्प्युटरमा गई यो वेबसाइटमा जानुहोस् स्