Thursday, 27 October 2016

नेपालमा भन्दा चिनमा बेरोजगारी बढी १ पदका लागि विज्ञापन गर्दा १० हजार आवेदन

काठमाडौं । चिया पस्कँदै पाहुनालाई स्वागत गर्ने सबैको सपनाको जागिर हुन नसक्ला तर यहाँ एक रिसेप्सनिस्टका लागि ‘भ्याकेन्सी’ हुँदा झन्डै १० हजार जनाको आवेदन परेको छ।

चीनको अति प्रतिस्पर्धापूर्ण निजामती सेवाको इतिहासमै मात्रै एक पदका यसरी कीर्तिमानी संख्यामा आवेदन परेको हो। ‘चाइना डेमोक्रयाटिक लिग’ नामक एक तथाकथित राजनीतिक पार्टीका लागि एक रिसेप्सन कर्मचारी माग गरिँदा ९ हजार ८ सय ३७ जनाको निवेदन परेको छ।

चीनमा केही यस्ता साना राजनीतिक पार्टी खडा छन् जसको खासै कुनै शक्ति हुँदैन र त्यहाँ जागिर खानुलाई इज्जतको विषय पनि मानिन्न। तैपनि किन यति धेरै आवेदन परेको तरु

अधिकारीहरू यसलाई सजिलो जागिर मान्छन्। स्नातक तहको योग्यता र दुई वर्षको ग्रासरुट अनुभवले यस्ता खाले जागिरका लागि आवेदन गर्न भ्याउँछ। चीन सरकारले भ्रष्टाचारमाथि कडा अकुंश लगाइरहेकाले सरकारी सेवा पछिल्लो समय झन लोकप्रिय भएको छ। त्यहाँको भर्ती प्रक्रिया पनि कडा बन्दै गएको छ।

चीनमा यस वर्ष निजामती सेवा परीक्षामा १४ लाख मानिस सहभागी भए। प्रतिरिक्त पदका लागि ४९ जनाको दरले आवेदन पर्‍यो। गत वर्षको यो अनुपात ४६ थियो। सन् २०१३ मा एक तथ्यांकसम्बन्धी पदका लागि ९ हजार ४ सय जनाको आवेदन परेको थियो।

चीनमा बेरोजगारी दर ४ प्रतिशतको हाराहारीमा रहेको मानिन्छ। जसको अर्थ १ अर्ब ४० करोड जनसंख्या भएको मुलुकमा थुप्रै मानिसले जागिर खोजिरहेका छन् भन्ने हो। धेरैजसो मानिस अझै निजी क्षेत्रकै आकर्षक जागिरलाई प्राथमिकता दिन्छन्।



About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us