Sunday, 23 October 2016

गोर्खा सैनिकले राखिदिए भारतीय सेनाको इज्जत

दार्जीलिङ । भारतीय सेनाको मुकुटमा नयाँ हिरा जडिएको छ । गोर्खा राइफल्सको पराक्रमले भारतीय सेनाले विश्वको कठिन सेना अभ्यासमा स्वर्ण पदक जितेको छ । भारतीय सेनाको आठौं गोर्खा राइफलल्सको सेकेण्ड बटालियनले यो सम्मान जितेको हो ।

कुन देशको सेनाले कति कठिन अध्यास गर्न सक्छ, त्यसको जाँच हो क्याब्रियन पेट्रोल । ब्रिटिश सेनाद्वारा आयोजना गरिने क्याम्ब्रियन पेट्रोल अन्तर्राष्ट्रिय स्तरको कठिन सेना अभ्यास हो ।

विश्वका प्रायः सबै देशका सेनाले यो वार्षीक अभ्यासमा सहभागिता जनाउने गर्छन् । यो अभ्यासलाई आधुनिक समयमा सेनाको सबैभन्दा कठिन परीक्षा मानिन्छ ।

वेल्सको क्याम्ब्रिज पर्वत श्रृंखलाको ५५ किलोमीटर मार्गमा यो पेट्रोलिङ गर्नुपर्छ । ४८  घण्टामा पूरा गर्नुपर्ने यस क्रममा सेनाका जवानहरुलाई अन्य धेरै कार्यहरु समेत दिइन्छ ।

यो एउटा प्रतियोगिता नभएर परीक्षा नै हो । यसमा कम्तिमा ७५ प्रतिशत अंक ल्याउने सेना स्वर्ण पदकका दाबेदार हुन्छन् । ६५ देखि ७४ प्रतिशत अंक ल्याउने सेना रजत पदकका हकदार हुन्छन् भने ५५ देखि ६४ प्रतिशत अंक पाउने सेनाले कास्य पदक पाउँछन् । नेपाली सेनाले चाँहि कास्य पदक जितेको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us