Saturday, 22 October 2016

भारत-पाकिस्तान बिबाद, पाकिस्तानी टिभी र रेडियोमा भारतीय सामग्री प्रतिबन्धित

काठमाडौं । पाकिस्तानले टेलिभिजन तथा रेडियोमा प्रशारित हुने भारतीय सामग्रीमा प्रतिबन्ध लगाएको छ । पाकिस्तान इलेक्ट्रोनिक मिडिया रेगुलेटरी अथोरिटी पेमराले टेलिभिजन वा धाराबाहिकसँग सम्बन्धित कुनै पनि भारतीय सामग्री प्रशारण गर्न नपाउने गरी प्रतिबन्ध लगाएको हो । 

यो फैसलाको उल्लंघन गर्ने केबल टेलिभिजन वा रेडियो विरुद्ध कानुनी कारबाही गरिने पेमराले जनाएको छ । पाकिस्तानमा भारतीय धाराबाहिक र बलिवुड चलचित्रका विभिन्न सामग्री स्थानीय टेलिभिजन तथा रेडियोबाट प्रशारण हुने गरेको छ । 

पछिल्लो समय काश्मिरको विषयलाई लिएर भारत र पाकिस्तानबिचको सम्बन्धमा तनाव उत्पन्न भएको छ । यसको असर कला तथा सञ्चार क्षेत्रमा पनि पर्दै गएको छ । यसअघि भारतमा पाकिस्तानी कलाकारमाथि प्रतिबन्ध लगाइएको थियो । यस्तै पाकिस्तानले भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएको थियो । यस्तै पाकिस्तानमा भारतीय टेलिभिजन च्यानलमाथि पनि प्रतिबन्ध लगाइएको छ । 

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us