काठमाडौं । थाइलैण्डको राजधानी बैँककमा सम्पन्न दोस्रो हेरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पेनसिप प्रतियोगीतामा नेपाललाई चार स्वर्ण र चार रजत पदक प्राप्त भएको छ।
प्रतियोगीतामा भाग लिन नेपालबाट नेप्लिज तेक्वान्दो एकेडेमीका चार र अन्य दुई खेलाडी बैकक पुगेका थिए। शनिबार सम्पन्न भएको खेलमा एकेडेमीका खेलाडी विवेक श्रेष्ठले पुम्सेतर्फ स्वर्ण पदक ल्याएका छन्।
भारतीय खेलाडीलाई फाइनलमा हराएर उनले पहिलो स्थान सुरक्षित गरेका हुन्। तौल समूहबाट पनि रजत पदक हासिल गरे। तौल समूह अन्तर्गत भएको खेलमा थाइलैण्डसँग पराजित हुंदै रजत पदक प्राप्त गरे।
त्यसैगरी एकेडेमीकै चन्दु शाहीले काजकिस्थानको खेलाडीलाई हराउंदै पुम्सेमा स्वर्ण पदक हासिल गरेकी छिन्। पुष्पप्रसाद गौतमले पनि फाइनलमा मलेसियालाई हराउंदै स्वर्ण जिते। एकेडेमीका प्रमुुख प्रशिक्षक तथा खेलाडी असोक खड्काले फाइनलमा थाइलैण्डसंग हुंदै रजत पदक प्राप्त गरे।
उनले जित राष्ट्रको नाम उचो भएको प्रतिक्रिया दिए। त्यसैगरी, तौल समूहमा प्रतिस्पर्धा गरेकी प्रतिज्ञा भण्डारीले थाइलैण्डको खेलाडीलाई हराउंदै स्वर्ण पदक जितिन्। तिलक लामाले भने ८० केजी तौल अन्तर्गत भएको खेलमा भारतसंग पराजित हुंदै रजत पदक प्राप्त गरे।