Friday, 21 October 2016

विश्वमा कसले गर्‍यो मोबाइल फोनमा पहिलो पटक कुराकानी ? यस्तो छ इतिहास

काठमाडौं ।  बिश्व इतिहांसमा सन् १९७३ मा मोटोरोलाका इन्जिनियर मार्टिन कपूरले आफ्नो प्रतिद्धन्द्धी कम्पनीका कर्मचारीसंग पहिलोचोटी गरेको कुराकानी नै मोबाइल फोनमा गरिएको पहिलो कुराकानीको रुपमा लिइएको छ ।

त्यसको १० बर्षपछी मोटोरोलाले मोबाइल फोन बजारमा ल्यायो । जसको मुल्य थियो, दुइ लाख रुपैया । यही मोटोरोला मोबाइल फोनको हाल बजारमा छ अर्व उपभोक्ता रहेका छन् । मोटोरोलाको पहिलो हैंडसेटको नाम थियो डायना टीएसी । यसको ब्याट्रीलाई एकचोटी रिचार्ज गरेमा मात्र ३५ मिनेट मात्रै कुरा गर्न सकिन्थ्यो । यसको तौल ७ सय ९४ ग्राम सम्मको थियो ।

सन् १९८५ मा बेलायतका हांस्य कलाकार एरिन वाइजले सैन्ट कैथरिन बन्दरगाहबाट वोडाफोनको कार्यालयमा फोन गरी बेलायतमा पहिलो पटक मोबाइल फोनको शुरुवात गरको इतिहास छ । यसपछी ओ–२ नामको मोबाइल सेटले आफनो सेवा सुरु गर्‍यो सोही सालमा । वोडाफोनको १० लाख ग्राहक बनाउनका लागि डेढ सालको समय लाग्यो ।

फ्रांसीसी ब्यबसायी फिलिप खानले सन् १९८७ को जुन ११ तारिखमा आफ्नो नवजात छोरी सोफीको फोटो लिएसंगै क्यामरा जडान गरिएको मोबाइल फोनको सुरुवात गरियो । एरिजोनाको एक प्रतिष्ठानले सन् २००७ को सेप्टेम्बरमा कुकुरका लागि मोबाइल फोन बजारमा ल्यायो । करिब २५ हजार रुपैयाँ मुल्य पर्ने यो मोबाइलको जीपीएस सैटेलाइट सुबिधा भन्दा कम थियो ।

सन् १९९३ मा आयोजित वायरलेस वल्र्ड कम्फरेन्समा आई.बी.एम सिमान नामको पहिलो स्मार्टफोन बजारमा आयो । यसको सुरुवातीका दिनमा टचस्क्रीन वाला थियो । जसमार्फत इमेल, इलेक्ट्रिकल पेजर, क्यालेन्डर, क्यालकुलेटर र एड्रेस बुकका रुपमा काम गर्ने खालको बनाइयो ।

यसैगरी मोबाइलमार्फत टेक्स मेसेज पठाउने तरिका र यसका अक्षर १ सय ६० को सीमा सहितको नयाँ प्रविधि फ्रीडेलहम हेलीब्रान्ड नामका एक जर्मन इन्जिनियरले सुरु गरे । सन् २०१२ मा एक अर्व ७९ करोड वटा मोबाइल हैंडसेट बिक्री भयो । जसमा नोकिया, सामसुङ र एप्पेलका रहेका छन् ।

सन् २०११ म मोबाइल फोन उपभोक्ताहरुले डेढ सय अर्व एस.एम.एस पठाए । जसमा १२ देखि १५ बर्ष उमेर समूहका बालबालिकाको संख्या अत्याधिक थियो ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us