Friday, 21 October 2016

सर्वसाधारण पीडा पोख्छन्–दसैँ दशा, तिहार पीडा

काठमाडौं । राजधानीबाट गोरखाको आरुघाटसम्म पुग्न ठमेलका राजु खनालले सात सयको सट्टा एक हजार तीन सय रुपियाँ टिकट भाडा तिरे । तर पनि उनले बसमा सिट पाएनन् उभिएर एक दिन लामो यात्रा पार गरी आरुघाट पुगे ।

दसै‌ मनाएर फर्किदा पनि त्यही दशा दोहोरियो । टिकट लिएको बसको बीच बाटोमा पाता भाँचिएपछि यात्रुले खचाखच भरिएको अर्को बसमा उभेर यात्रा गर्नुपर्‍यो । यस पटकको दसैँमा निकै जोखिम मोलेर आवातजावत गर्नुपर्‍यो उनले भने सामान्य परिवारका लागि यस्तो चाडवाड नआएकै राम्रो ।

यस्तै, पीडाका बीचमा दसै मनाएर सुदूरपश्चिमको बैतडीबाट राजधानी आइपुगेका राजेन्द्र पनेरु यतिवेला सबैलाई दसैँ लाग्दो रहेछ भन्दारहेछन् । दसैँ मनाउन करिब ३० घण्टा बसको ग्यालरीमा बसेर गृह जिल्ला बैतडी पुगेका पनेरुलाई राजधानी फर्किंदा पनि त्यस्तै सास्ती भयो । जाँदा जे जस्तो दुःख कष्ट भयो, फर्किदा पनि त्यस्तै । श्रीमती बच्चा बच्ची सबैको विचल्ली, के दसैँ मनाउनु थियो दुःख र पीडा मात्र उनले पीडा पोखे ।

काठमाडौंबाट चितवन करिब पाँच घण्टामा नै पुगिन्छ बसमा । तर, यो दसैँमा एक दिन नै लाग्यो । राजमार्गमा सवारी साधनको बाक्लो चापसँगै बन्दै गरेको नारायणघाट– मुग्लिन सडक खण्डले यात्रुको सातो नै उडायो । लामो दूरीको यात्रा, दिक्क लाग्दो जाम र विजोग अवस्थाको सडक देख्दा दसैँ मनाउन घर जाँदै गरेका यात्रुलाई पनि किन आयो भन्ने जस्तै लाग्थ्यो ।

यी घटनाहरूबाट प्रष्ट हुन्छ, चाडपर्वहरू सामान्य नेपालीहरूका लागि महँगा र खर्चिला मात्र होइन दुःख, पीडा र यातनाको भारीसमेत बन्नथालेका छन् । वर्ष दिनमा एकपटक आउने यस्ता महान चाडवाड तथा पर्वहरूले सर्वसाधारणलाई निकै सास्ती दिने गरेको छ । यस्तै दुःख र पीडाको भारी बनेको छ महान चाड वडा दसैँ । दसैँमा नयाँ लुगा लगाउनु र मीठो मसिनो खानु अनिवार्य जस्तै भएको छ । 

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us