Friday, 21 October 2016

यी हुन आँखाको कालो धब्बा हटाउने घरेलु उपाय

एजेन्सी । शरीरमा पोषणको कमी, अनिद्रा, कमजोरी, तनाव तथा हार्मोन परिवर्तनका कारण आँखाको तल्लो भागमा कालो धब्बा बस्ने गर्छ । कतिपय धब्बा वशांनुगत हुन्छन् भने केहीको घरेलु तरिकाले पनि उपचार गर्न सकिन्छ ।  आँखाको कालो धब्बा हटाउने केही घरेलु उपाय :


काँक्रो र कागती स् काँक्रो र कागतीलाई काट्नुहोस् । दुवैलाई पिसेर पेस्ट बनाई आँखाको कालो भागमा लगाउँदा केही दिनमा हराउँछ ।

काँचो आलुलाई काटेर लेप बनाउनुहोस्, यसलाई कालो भागमा दलि १५ मिनेटपछि चिसो पानीले पखाल्नुहोस् ।

एक–एक चम्चा कागती र टमाटरको रस मिसाई आँखाको कालो भागमा मिसाई १० मिनेटपछि चिसो पानीले आँखा सफा गर्ने ।

कागतीको रस नियमित रुपमा कालो दागमा लगाइ आँखा सफा गर्ने ।

दुई वटा टि–ब्याग आधा घन्टासम्म फ्रिजमा राख्ने । त्यसपछि सो ब्यागलाई कालो घेरामा १० मिनेटसम्म राख्ने र सफा पानीले सफा गर्ने ।

गुलाब जललाई आँखा वरपर लगाई दैनिक सफा गर्ने ।

नरिवल तेलले आँखाको तल्लो भागमा मसाज गरी ५ मिनेटपछि सफा पानीले पखाल्ने ।

राती सुत्नुअघि आखाँको कालो भागमा बदामको तेल लगाई बिहान सफा गर्ने ।

सुन्तलाको बोक्राको धुलोलाई महमा मिसाएर कालो दागमा लगाई १० मिनेटपछि पखाल्ने ।

पुदिनाको पातलाई पिसेर कागतीको रस मिलाई आखाँको कालो भागमा लगाउने ।

प्याज र लसुनको रस मिसाएर कालो भागमा दली पखाल्ने ।

एक चम्चा भिजाएको मेथीलाई पिनेर त्यसमा बेसार र दुध मिसाई आँखाको कालो भागमा दल्ने  र १० मिनेटपछि पानीले सफा गर्ने ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us