Friday, 21 October 2016

प्रचण्ड सरकारले थालयो, चीनबाट इन्धन ल्याउन नयाँ गृहकार्य

काठमाडौं । सरकारले चीनबाट इन्धन ल्याउननयाँ गृहकार्य सुरु गरेको छ। सरकारी स्वामित्वकै नेसनल ट्रेडिङ लिमिटेडलाई नेपाल आयल निगमको भगिनी संस्था बनाएर त्यसैमार्फत इन्धन आपूर्ति गर्ने तयारी थालेको आपूर्ति मन्त्रालयले जनाएको छ।

भारतको नाकाबन्दीपछि पेट्रोलियम पदार्थ आयातमा भारतको विकल्प खोज्ने निर्णय भएको करिब एक वर्षपछि मन्त्रालयले यस्तो रणनीति बनाएको हो। इन्डियन आयलकर्पोरेसन९आइओसी० बाट दशकौंदेखि इन्धन आयात गरी बिक्री–वितरण गरिरहेको अवस्थामा निगमलेआइओसीसँगको पुरानो सम्झौता तोड्न कठिन भएपछि सरकारले नयाँ रणनीति बनाएको हो।

आइओसी र निगमबीचको सम्झौता छँदाछँदै निगमकै अग्रसरतामा चीनसँग इन्धन कारोबार गर्दा भारतले सोही बहानामा अबरोध गर्न सक्ने आशंकामा यस्तो रणनीतिमा लागेको मन्त्रालयका एक अधिकारीले बताए। निगम र आइओसीको सम्बन्ध बिगार्न पनि भएन, त्यही भएर नयाँ संरचनामार्फत पहल गर्न लागिएको हो,ती अधिकारीले भने, भारतबाट इन्धन आयात गरिरहने र थप चीनबाट पनि ल्याउने रणनीति हो।

नेसनल ट्रेडिङलाई निगमकै भगिनी संस्था बनाएर सोमार्फत करिब ३० प्रतिशत इन्धन चीनबाट ल्याउन पहल गर्ने छलफल भइरहेको निगमका प्रबन्ध निर्देशक गोपाल खड्काले बताए। इन्धनको स्रोत विविधीकरण गर्न सरकारले निर्णय गरिसकेको छ,खड्काले भने। सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेसन घाटामा गएर डुबिरहेको बेला इन्धन व्यापारसँगै यसलाई सञ्चाल नगर्ने पनि मन्त्रालयको रणनीति हो।

गत डिसेम्बरमा तत्कालीन परराष्ट्रमन्त्री कमल थापा र चीनका विदेशमन्त्री वाङ यीले हस्ताक्षर गरेको पेट्रोल तथा ग्यासको दीर्घकालीन व्यापारलाई प्रोत्साह नगर्ने समझदारीपत्र ओझेलमा परेको बेला सरकारले फेरि सम्बादसमेत सुरु गरेको हो।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us