Wednesday, 19 October 2016

यसरी हटाईदै छ अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई

काठमाडौं। एमाले र नेकपा माओवादी केन्द्रका १५७ सांसदले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग प्रस्ताव गर्दा गराएका छन् ।

 संसदबाट महाअभियोग सिफारिस समिति गठन भएको केहि घण्टापछि नै संसदहरुले व्यवस्थापिका संसदमा लोकमानविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएका हुन् ।

साँझ एमाले र माओवादी केन्द्रका १५७ सांसदले प्रस्ताव दर्ता गराएको सभामुख ओनसरी घर्तीका प्रेस सल्लाहकार बबिन शर्माले रातोपाटीलाई बताए ।

दर्ता गराइएको महाअभियोग प्रस्तावमा एमाले र माओवादी केन्द्रका प्रभावशाली नेताहरुको समेत हस्ताक्षर रहेको बताइएको छ । कांग्रेसका कतिपय सांसदले पनि प्रस्तावमा सहमती जनाउने बताइए पनि हस्ताक्षर भने गरेका छैनन् ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us