काठमाडौं । परदेशीएका नेपालीको पिडा बोलने नेपाली कथानक चलचित्र ‘परदेशीको उमंग’कत्तिक १२ गतेबाट देश भर प्रदर्शनमा आउने भएको छ । केही समय बैदेशीक रोजगारीका शिलसिलामा विभिन्न देशमा गएर काम गरेर अनुभव संगालेका कुमार विसीद्वारा निर्माण तथा अभिनित उक्त चलचित्र शिव शर्माले निर्देशन गरेका हुन् ।
अर्जुन पोखरेल, बिबि अनुरागीको शब्द तथा संगीत रहेको फिल्मको गीत संगीत उत्कृष्ट रहेको निर्माण टिमको दाबी छ । परदेशिको उमङ्ग ‘ चलचित्र सिड्नीमा भव्यताका साथ प्रदर्शन भएको छ ।सो चलचित्र हेरिसके पछि दर्शकहरू भकानिंदै वाहिरिएका थिए ।
कुमार बिसीद्वारा निर्माण गरिएको यो फिल्ममा बिनिता बराल, कुमार बिसी, सीपी पौडेल, रामबाबु रेग्मी, शिव शर्मा, शिला श्रेष्ठ, रमेश पोखरेल, वसन्त अधिकारी लगायत कलाकारले अभिनय गरेका छन् ।
तिहारको पूर्व सन्ध्यामा प्रदर्शन हुने यो फिल्मको अधिकांश छायांकन दुबईमा गरिएको छ । परदेशमा रहनेहरुको पीडा उठान गर्नु नै फिल्मको मुख्य विषयवस्तु हो, कुमार विसिको भनाई रहेको छ । एक अनौठो र सत्य घटनामा आधारित एक नौलो चलचित्र ‘परदेशि को उमङ्ग’ मुस्लिम युवतीको भेषमा रहेकी बिनिताले हिन्दू युवा कुमारसँग परिवार,समाज र देशमै विद्रोह गरेर विवाह गछिर्न । बुटबल र अष्टेलिया भएको प्रदर्शनीमा गएर फिल्म हेरेका दर्शकले फिल्मले बैदेशीक रोजगारीको पिडा बोकेको भन्दै विश्वभरका नेपालीले यो फिल्म हेर्नुपर्ने बुझाव दिए । साथै उनीहरुले नेपाली समाज र पात्रलाई केन्द्रविन्दुमा राखेर फिल्म बनाइएको कारण पनि यो फिल्म सुपर डुपर हिट हुने विश्वासव्यक्त गरे ।