Tuesday, 18 October 2016

नरिवलबाट पत्ता लगाउनुस् आफ्नो ब्लड ग्रुप

काठमाडौं । सुन्दाखेरी अचम्म लाग्ला तर नरिवलको मद्दतले ब्लड ग्रुप पत्ता लगाउन सकिने कुरा एक अनुसन्धानले बताएको छ । चिकित्साविज्ञानले प्रमाणित गरिसकेको नभएपनि नरिवलबाट रक्तसमूह पत्ता लगाउन सकिने दाबी गरिएको छ ।

भारतको छत्तीसगढ कृषि विभागले गरेको एक अनुसन्धानका अनुसार नरिवललाई टाउकोमा एक खास कोणमा राख्दा ब्लड ग्रुप पत्ता लगाउन सजिलो हुन्छ । यो खोज मजाकमै गरिएको बताइएको छ । केही बच्चाहरूलाई टाउकोमाथि नरिवल ९० डिग्रीको कोणमा बस्यो र उनीहरूको ब्लड ग्रुप हेर्दा सबैको ओ पोजिटिभ देखियो ।

तपाईंलाई पनि नरिवलबाट आफ्नो ब्लड ग्रुप पत्ता लगाउनुछ भने टाउकोभन्दा अलिमाथि नरिवल राख्नुस् । तपाईंले यसरी नरिवल राख्दा त्यो आफैं निश्चित दिशामा घुम्छ । नरिवल ४५ डिग्रीको दिशामा घुम्यो भने तपाईंको ब्लड ग्रुप ए पोजिटिभ हो, ५५ डिग्रीमा घुम्यो भने एबी पोजिटिभ, ६० डिग्रीमा बी पोजिटिभ, ९० डिग्रीमा ओ पोजिटिभ र १८० डिग्रीमा घुम्यो भने ओ नेगेटिभ हुन्छ ।

यो चिकित्साशास्त्रले प्रमाणित गरेको कुरा हैन र यसलाई आँखा चिम्लेर स्वीकार्न भने सकिँदैन ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us