Tuesday, 18 October 2016

काठमाडौं अव यसरी बन्दैछ स्मार्ट सिटी

काठमाडौ । सहरको बीचमा अग्लो बिजनेस टावर, चौंडा सडक अनि भूमिगत पार्किङ । बिदामा घुम्नका लागि प्रशस्त मनोरञ्जन पार्क र यात्राका लागि केवलकार अनि मेट्रो रेल पनि । यस्तै, म्युजिकल वाटर फाउन्टेन पोखरी र नेटवर्क आर्क ब्रिजको थप सुन्दरता । यो कुनै विकसित सहरको कथा होइन, केही वर्षभित्र बन्न लागेको राजधानीको चित्रण हो ।

राजधानीमा यस्ता परियोजना बन्दैछन् जसले कुरुप हुँदै गइरहेको सहरलाई सुन्दर बनाउनेछ । काठमाडौं महानगरपालिका, काठमाडौं उपत्यका विकास प्राधिकरण र निजी क्षेत्रले आधुनिक सहर बनाउन लागेका हुन् । यहाँ महत्वकांक्षी डेढ दर्जन परियोजना बन्दैछन् । केही परियोजनाको काम सुरु भइसकेको छ । बाँकी परियोजना विस्तृत सम्भाव्यता प्रतिवेदन ९डीपीआर० तयार भई निर्माणको तयारीमा छन् । आगामी चार÷पाँच वर्षभित्र सबै परियोजना सिध्याउने सम्बन्धित निकायको लक्ष्य छ ।

निर्धारित समयमा काम सम्पन्न भएमा काठमाडौं केही वर्षभित्रै आधुनिक र व्यवस्थित सहर बन्नेछ । तर, समयका काम हुनेमा शंका छ । नेपालमा धेरै राम्रा योजना बनेर पनि कार्यान्वयन नभएका धेरै उदाहरण छन् । महानगरले धेरै महत्वकांक्षी परियोजना अगाडि सारेको छ । यी परियोजनाको लागत उच्च छ । त्यसैले लगानीकर्ता खोजेर निर्माण गर्न कठिनाइ देखिन्छ । सार्वजनिक निजी साझेदारी ९पीपीपी० मोडलमा परियोजना निर्माण गर्न महानगर कस्सिएको हो ।

भूकम्पले भत्किएको धरहरा पुरानै डिजाइनमा आधुनिक र भव्य बनाउन लागिएको छ । वाटर फाउन्टेन, म्यूजियम, थिएटर, आकर्षक बगैंचा, रेस्टुराँ, पार्किङसहितको ११ तले धरहराको स्केच तयार भइसकेको छ । धरहरामा लिफ्ट हुनेछ । तीन वर्षभित्र निर्माण गरिसक्ने धरहरामा करिब तीन अर्ब लगानी हुनेछ । धरहरा बनाउन जनताबाट रकम संकलन भइरहेको छ । अपुग रकम लगानी गर्न नेपाल टेलिकम तयार देखिएको छ ।
पुरानो बसपार्कमा २९ तले भ्यू टावर निर्माण सुरु भएको छ । जलेश्वर९स्वच्छन्द बिकोइ कम्पनीले टावर निर्माण गर्दैछ । सुरुमा १२ तलाको मात्र भवन निर्माण हुनेछ । दोस्रो चरणमा २९ तलाको बनाइनेछ । टावरमा बस टर्मिनल, होटेल, रेस्टुरेन्ट, फिटनेस हल, सेमिनार हल, मल्टिप्लेक्स हल, स्विमिङ पुल, सपिङ सेन्टरलगायत रहनेछन् । टावर निर्माणमा ६र७ अर्ब लगानी हुने अनुमान छ ।

यी हुन राजधानीमा बन्न लागेका परियोजना
 लिफ्ट चढ्ने आधुनिक धरहरा
 २९ तले काठमाडौं भ्यू टावर
 खुलामञ्च, लैनचौर, धर्मपथ, एयरपोर्टमा बहुतले पार्किङ
तीनकुनेमा शान्ती मण्डला
आधुनिक रानीपोखरी
 आठ लेनको भित्री तथा बाहिरी चक्रपथ
 बागमती सम्पदा मार्ग
 सुविधा सम्पन्न बसपार्क
 बिजुली बजार, तीनकुनेमा नेटवर्क आर्क ब्रिज
 त्रिपुरेश्वर नागढुंगा सडक विस्तार
 सडकमाथि केवलकार
 सडकमा सोलार स्ट्रिट लाइट
 चन्द्रागिरि केवलकार

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us