Sunday, 2 October 2016

चीनले मार्र्यो प्रविधिमा अर्को फड्को, सुरक्षा अधिकारीका रुपमा रोबोट तैनाथ

बेइजिङ । आधुनिक प्रविधि निर्माण र प्रयोगमा पछिल्लो समय निकै प्रगति गरेको चीनले सुरक्षा अंगका रुपमा रोबोटलाई प्रयोग गरेको छ । असाधारण क्षमता भएको रोबोट तयार पारेर चीनले सुरक्षा जाँचमा प्रयोग गर्न थालेको हो । यो रोबोटले विभिन्न २८ भाषा बोल्न सक्ने जनाइएको छ ।

‘एनबोट’ नाम दिइएको यो रोबोटलाई चीनको दक्षिणी प्रान्त गुआन्डोङ्गको बन्दरगाहमा कस्टम अधिकारीका रुपमा तैनाथ गरिएको छ । यो रोबोटले संदिग्ध व्यक्तिको अनुहार पहिचान गरी खतराको सूचना प्रवाह गर्नसक्ने बताइएको छ ।

यस्तै प्रकृतिको रोबोट शेनझेन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल–३ मा पनि तैनाथ गरिएको अधिकारीहरुले जनाएका छन् । टर्मिनलमा तैनाथ रोबोटले विमान उडानसम्बन्धी जानकारीसमेत यात्रुलाई दिन सक्ने बताइएको छ ।

चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार चिनियाँ कस्टम विभागले गोंगबेई, हेंगकिन र झोंगशान बन्दरगाहमा यस्ता रोबोट प्रयोगमा आइसकेको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us