काठमाडौं । व्यवसायीहरूले नजिकिँदो तिहारलाई लक्षित गरेर सयपत्रीका २ लाख माला आयात गर्न लागेका छन् । तिहारको समयमा फूलको अत्यधिक खपत आन्तरिक उत्पादनले नधान्ने भएपछि व्यवसायीहरूले माला आयातको प्रक्रिया अघि बढाएका हुन् ।
तिहारमा सबै फूलका गरेर मुलुकभर करिब १० लाख वटा माला खपत हुने नेपाल फ्लोरीकल्चर एसोसियसनको दाबी छ । जसको करिब ४० प्रतिशत काठमाडौं उपत्यकामामात्र खपत हुन्छ । संघका अनुसार तिहारमा खपत हुने कुल मालाको एक तिहाइ हिस्सा सयपत्रीका मालाको हुन्छ । सयपत्रीकामात्रै करिब ८ लाख वटा माला तिहारमा आवश्यक हुने संघ बताउँछ ।
यसबाहेक मखमली, दूबो, गुलाफ लगायतका मालाको खपत पनि तिहारमा हुने गर्छ । सयपत्री बाहेकका अन्य मालाका लागि नेपालको आन्तरिक उत्पादनले धान्ने संघको दाबी छ । संघले आगामी सोमबारसम्ममा आवश्यक मालाको आयात गर्ने जनाएको छ । ‘व्यवसायीहरूले ६ देखि ८ गतेसम्म माला आयात गरिसक्छन्,’ संघका अध्यक्ष कुमार श्रेष्ठ कसजुले भने । संघका अनुसार लक्ष्मी पूजाको दिनदेखि मालाको खपत अध्यधिक हुन्छ ।
गत साल करिब १ लाखमात्र माला आयात गरेका व्यवसायीले झन्डै दोब्बर आयात गर्न लागेका छन् ।