Thursday, 20 October 2016

निषेधको राजनीतिले विद्रोह जन्मिने पूर्वराजा ज्ञानेन्द्रको चेतावनी

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा निषेधको राजनीतिले असन्तुलन निम्तने र त्यसले विद्रोहको रुप लिने चेतावनी दिएका छन् ।

‘हाम्रो दर्शनले हामीलाई सधैं अगाडि बढ्न निर्देशित गर्दछ । तर यदि निषेधको राजनीति अगाडि बढाइन्छ भने त्यसले राष्ट्रमा असन्तुलन निम्ताउँदछ । असन्तुलनले उपेक्षा जन्माउँदछ र उपेक्षितहरुमा विद्रोह जन्मिन सक्दछ,’ उनले अन्तराष्ट्रिय विराट हिन्दु सम्मेलनलाई विहीबार सम्बोधन गर्दै भने ।

गणतन्त्र स्थापना पछि पहिलोपटक सार्बजनिक सम्बोधन गरेका पूर्वराजा शाहले अगाडि भने, ‘आजको यो स्थिति र हाम्रो दर्शनबीच हामीले आफूलाई राखेर हेर्न सक्यौं भने यथार्थलाई स्वीकार्न र परिस्थितिलाई सुधार्न सहज हुनेछ । बहुजन हिताय, बहुजन सुखाय यो मूल मन्त्र आत्मसाथ गर्दै अगाडि बढ्नुको हामीसँग विकल्प छैन ।’

पूर्वराजा ज्ञानेन्द्रले राजनीतिक अस्थीरताका कारण देशमा बाह्य हस्तक्षेप बढेको र जनतामा चरम निराशा छाएको बताए । उनले यस्तो परिस्थिति कसरी सिर्जना भयो भनेर जनताले प्रश्न गर्नुपर्ने बेला आएको धारणा समेत राखे ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us