Wednesday, 19 October 2016

नेपालमा ४० हजार अवैधानिक विदेशी कामदार

काठमाडौं । नेपालमा ४० हजार विदेशी कामदारले अवैधानिक रुपमा काम गरे पनि श्रम विभाग र अध्यागमन विभागको समन्वय नहुँदा कारबाही हुन सकेको छैन।

नेपालमा अवैधानिक रुपमा काम गरिरहेका विदेशी कामदारलाई सरकारले माघ २०७० मा २ महिनाभित्र वैधता प्राप्त गर्न समय दिएको थियो ।

त्यसवेला सरकारले विदेशमा हुने  अवैधानिक आप्रवासी कामदारलाई दिने आममाफी जस्तै पहिलोपल्ट नेपालमा रहेका अवैध कामदारलाई विशेष अवसर प्रदान गरेको छ ।

तर, त्यसको तीन वर्ष पुग्दा पनि श्रम विभाग र अध्यागमन विभागले अनुगमन नगर्दा ४० हजार विदेशी कामदारले नेपालमा श्रम स्वीकृतिविना काम गरिरहेका छन् ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us