काठमाडौं । नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री विमलेन्द्र निधिले लोकमानसिंह प्रकरणलाई सरकार ढाल्न एमालेले गरेको षडयन्त्रको संज्ञा दिएका छन् ।
विहीबार साँझ बीबीसी नेपाली सेवाका लागि पत्रकार शरद केसीसँग कुरा गर्दै उपप्रधानमन्त्री निधीले भने ‘यो के हो भनेदेखि एमालेले अहिलेको सरकार परिवर्तन गर्नका लागि गरेको षडयन्त्रपूर्ण खेल हो ।’
मन्त्री निधीले महाअभियोगको प्रस्तावमा गरिएको हस्ताक्षरको वैधानिकतामाथिसमेत प्रश्न उठाएका छन् । माओवादीकै सांसदले यसबारे प्रश्न उठाएकाले माओवादीले यसको जवाफ नदिएसम्म कांग्रेसले महाअभियोगलाई आफ्नो पार्टीको बैठकमा एजेण्डा नबनाइने निधीको भनाइ छ ।