Monday, 24 October 2016

धोका दिने मायालुलाई देखाउन यी युवकले भित्राए एकसाथ चार पत्नी

काठमाडौं । आफूलाई छाडेर जाने भुपु मायालुलाई देखाइदिनका लागि कुनै तन्नेरीले के सम्म गर्ला रु कतिले त झ्वाँकमा आत्महत्या तथा हत्यासम्मको बाटो पनि रोज्न सक्छन् । तर कुवेतका एक युवकले भने धोका दिने मायालुलाई देखाइदिनका लागि एकसाथ चारवटी युवतीसँग बिहे गरेका छन् ।


नाम नखुलाइएका ती कुवेती युवाले एकसाथ चार युवतीसँग बिहे गरेका तस्वीरहरु अहिले खुबै भाइरल बनेका छन् । समाचार अनुसार ती युवककी प्रेमिकासँग केही समय पहिले ब्रेकअप भएको थियो । ब्रेकअप हुनेबेला प्रेमिकाले युवकलाई खुबै छेँड हानिछिन् र भविष्यमा तँ नामर्दसँग कोहीपनि केटीले प्रेम गर्नेछैनन् भनेर चुनौति दिइछिन् ।

भुपु प्रेमिकाको त्यस्तो चुनौतिलाई धुलो चटाउनका लागि आखिर युवकले एकवटी होइन एकैचोटी चारवटी युवतीसँग बिहे गरे ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us