Friday, 21 October 2016

लाइभ शो मै पत्रकारले खुस्काइदिए अभिनेत्रीको छातिको कपडा

काठमाडौं । स्पेनमा एक टेलिभिजन कार्यक्रममा एकजना महिला अभिनेत्रीलाई लाजमर्नु भएको छ ।

टेलिभिजनमा लाइभ कार्यक्रम चलिरहेको बेला कार्यक्रम संचालकले ती अभिनेत्रीमाथि जुन हर्कत गरे त्यसले ती महिलालाई त लाजमर्नु भयो नै कार्यक्रममा उपस्थित अन्य व्यक्ति तथा टेलिभिजन हेर्नेलाई समेत ‘..लाई भन्दा देख्नेलाई लाज भनेझैँ भयो ।

लाइभ टिभी शो चलिरहेका बेला कार्यक्रम संचालकले योला ब्याररोकल नामकी ती महिला अभिनेत्रीको कपडा खुस्काइदिए । जसका कारण अभिनेत्रीको एउटा वक्ष बाहिरै देखियो । अभिनेत्रीले हत्त न पत्त खुस्किएको टप्स माथि सासेर नांगो वक्ष ढाकिन् र आश्चर्यभाव प्रकट गरिन् । उनको कपडा खुस्किएर स्तन देखिएसँगै टेलिभिजनमा हाँसो गुन्जिएको सुन्न सकिन्छ र अन्य उपस्थित मानिसहरु पनि छक्क परेको देखिन्छ ।

कार्यक्रम प्रस्तोताले कुराकानीकै क्रममा त्यसरी अभिनेत्रीले छातिको लुगा खुस्काइदिने काम जानीजानी गरेका हुन् वा अन्जानमै त्यस्तो गल्ती भयो भन्ने चाहीँ खुलेको छैन ।

प्रस्तोताले आफुमाथि त्यस्तो हरकत गरेर आफ्नो बेइज्जत गरेपछि रिस र लाजले रातोपिरो हुँदै ती अभिनेत्री उठेर हिँडिन् । उनीसँग ती कार्यक्रम प्रस्तोता तथा टेलिभिजनका अन्य मानिसहरुको समेत सवाल जवाफ भएको सुन्न सकिन्छ । सायद उनीसँग माफी माग्दै कार्यक्रममै बस्न आग्रह गरिएको हुनसक्छ ।

एकजना अर्का प्रस्तोताले उनलाई धेरै आग्रह गरेपछि उनी बल्ल पुनः कार्यक्रममा सहभागी हुन राजी भएर कुर्सीमै फर्किएको भिडियोमा देख्न सकिन्छ । यो भिडियो निकै भाइरल बनेको छ र ४ लाख भन्दा धेरैले हेरिसकेका छन् ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us