Thursday, 20 October 2016

चितामा राख्न लागिएको शव प्रहरी नियन्त्रणमा

धनगढी । । मोहना नदी घाटमा अन्तिम संस्कारका लागि चितामा राख्न लागिएको एक शव आज प्रहरीले नियन्त्रणमा लिएको छ ।


जिल्ला प्रहरी कार्यालय कैलालीले हत्या गरिएको उजुरी आएपछि शव नियन्त्रणमा लिई परीक्षणका लागि सेती अञ्चल अस्पताल धनगढी पु¥याइएको जनाएको छ ।

धनगढी उपमहानगरपालिका–२ का अन्दाजी ४१ वर्षीय नारायण उपाध्याय बिहान घरको कोठामा मृत फेला परेका थिए । अन्तिम संस्कार गर्न शव मोहना नदी घाटमा पु¥याइँदा मृतकको मुख, नाक, कानबाट रगत बगेको देखिएपछि आफन्तले प्रहरीलाई उजुरी दिएका थिए ।

घटनाको अनुसन्धानका लागि मृतकका श्रीमती र सालालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताउनुभयो । 

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us