Saturday, 29 October 2016

पुरुषका लागि बनेको अस्थाई बन्ध्याकरण सुईले काम गर्न थाल्यो

एजेन्सी । परिवार नियोजनको क्षेत्रमा वैज्ञानिकहरुले नयाँ सफलता हात पारेका छन् । पुरुषहरुका लागि आविष्कार गरिएको अस्थाई बन्धयाकरणका खोपले ९६ प्रतिशत प्रभावकारी रहेको अनुसन्धानहरुबाट प्रमाणित भएको छ ।

अविष्कारपछि परिक्षणका क्रममा रहेको उक्त खोपले ९६ प्रतिशत प्रभावकारिता देखाएको हो । उक्त खोप हाल २७० पुरुषहरुमा परिक्षण गरिएको थियो, जसमध्ये चार जनाको यौन साथीमा मात्र गर्भ बसेको थियो ।

यद्यपी यसबाट शरीर दुख्ने र मुडमा परिवर्तन हुने असरहरु देखा परेका छन् । अनुशन्धानकर्ताहरु विगत २० वर्षदेखी पुरुषहरुका लागि उपयुक्त बन्धयाकरणको खोजीमा थिए ।

हाल महिलाहरुका लागि मात्र अस्थाई बन्ध्याकरणको खोप उपलब्ध छ । नेपालमा महिलाहरु अस्थाई बन्ध्याकरणका निम्ती तीन महिने संगीनी सुई प्रयोग गर्ने गर्दछन् ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us