Friday, 7 October 2016

नयाँ बानेश्वरको ८४ व्यञ्जन रेस्टुरेन्ट’ सीके राउतको भूमिगत अड्डा, जहाँ बन्छ राष्ट्र विरोधी गोप्य प्लान

काठमाडौं । नयाँ बानेश्वरस्थित ८४ व्यञ्जन रेस्टुरेन्ट। जहाँ खाने, बस्ने सबै सुविधा छ। जनकपुरका सरोज राय र मोहम्मद रियाज तथा वीरगन्जका आनन्दकुमार गुप्ता सञ्चालक रहेको ‘८४ व्यञ्जन रेस्टुरेन्ट’ दुई महिनायता बन्द छ।

‘८४ व्यञ्जन रेस्टुरेन्ट’ बन्द गरेर अहिले त्यहाँ तराई विखण्डन गर्नुपर्छ भनेर अभियान चलाइरहेका डा।सीके राउतको भूमिगत अड्डा बनाइएको छ। रेस्टुरेन्टको बाहिरको ढोका बन्द गरेर भित्र गोप्य रूपमा कार्यक्रम हुने गरेको छ । जसका बारेमा राज्यका सबै सुरक्षा निकाय बेखबर छन्।

यतिखेर त्यहाँ मधेसी समाजको नाममा तराईलाई टुक्र्याउनु पर्छ भनेर गोप्य अभियान सञ्चालन हुने गरेको छ। संविधान जारी भएको दिन असोज ३ गतेलाई ‘कालो दिन’ भनेर मधेसी मोर्चाले विरोध प्रदर्शन गरेका थिए। असोज २ र ३ गते सो रेस्टुरेन्टमा मधेसी समाजको आवरणमा त्यहाँ कार्यक्रम आयोजना गरिएको थियो।

असोज २ गते आयोजना भएको कार्यक्रममा तमलोपाका महामन्त्री जितेन्द्र सोनल, चन्दा चौधरी, सुुरेश मण्डल, सद्भावना पार्टीका महासचिव मनिष सुमनलगायत सहभागी थिए। ब्यानरमा ‘मधेसी समाज’ आयोजक भनिए पनि भित्रपट्टि ‘ब्ल्याक बुद्ध’ लेखिएको थियो । जुन सीके राउतको आधिकारिक अभियान हो।

सो कार्यक्रमका वक्ताहरूमध्ये अधिकांशले तराईलाई नेपालबाट टुक्र्याउनुपर्छ भन्ने धारणा राखेपछि मात्र तमलोपा र सद्भावनाका नेताहरू झल्यास्स भएका थिए । सो कार्यक्रममा सहभागी भएको भन्दै तमलोपामा विवाद उत्पन्न भएको छ।

असोज ३ गते आयोजना भएको कार्यक्रममा भने सिके लाल, डा।डम्बरनारायण यादव, तुलानारायण साह, विजयकान्त कर्णलगायत सहभागी थिए । उनीहरू अहिले मधेसी मोर्चा छाडेर सीके राउतको अभियानमा संलग्न भएका छन्।

उनीहरूले मधेसी नागरिकलाई राज्यले हेपेकाले मधेस टुक्र्याउनुपर्छ भनेर खुलमखुल्ला अभिव्यक्ति दिँदासमेत राज्यको सुरक्षा अंगले चाल नपाउनुलाई आश्चर्य मानिएको छ।खुलेयाम रूपमा कार्यक्रम आयोजना गर्दा निशानामा पर्ने डरले अहिले ‘मधेसी नागरिक समाज’ को ब्यानरमा कार्यक्रम आयोजना गर्न लागिएको हो।

असोज ३ गते माइतीघर मण्डलामा मधेसी मोर्चाले संविधानको विरोध कार्यक्रम गरेका थिए । सीके राउतका समर्थकले बबरमहलतर्फ कार्यक्रम गरेका थिए । जसमा तीनजना रक्ताम्ये भएर सडकमा सुतेका थिए । अर्को कालो कपडा लगाएर ब्ल्याक बुद्धको कफन बाँधेका थिए भने एउटा मान्छेलाई पूरै कालो दलेर रक्ताम्ये बनाइएको थियो।

क‘ब्ल्याक बुद्ध’ सीके राउतले निर्माण गरेको टेलिफिल्मको नाम हो । तीन भागमा निर्माण गरिएको यो टेलिफिल्ममा कसरी गोर्खाली सैनिकले तराईलाई एकीकरण गरे रु

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us