Wednesday, 5 October 2016

तपाईंको मोबाइल ढिलो चार्ज हुन्छ ? छिटो गर्न यसो गर्नुहोस्

काठमडौं । आफ्नो मोबाइलक ढिलो चार्ज हुने समस्याले तनावमा हुनुहुन्छ । यदि हो भने हामी तपाईंलाई यस्तै सजिलो तरिकाबारे बताउँदैछौं । आउनुहोस् थाहा पाऔंः

मोबाइल अपडेट गर्नुहोस्ः
मोबाइल जति पुरानो हुन्छ ब्याट्रिको चार्ज हुने क्षमतामा पनि प्रभाव पर्ने गर्दछ । नयाँ फोनमा निकै छिटो ब्याट्रि चार्ज हुन्छ । त्यसकारण यदि फोन पुरानो छ भने पनि यसलाई समय समयमा अपडेट गरिरहनुहोस् । यसो गर्नाले फोन स्लो पनि हुँदैन र ब्याट्रि छिटो चार्ज हुन्छ ।

ब्रान्डेड एडेप्टर छान्नुहोस्ः
तपाईंले धेरैपटक अरुको चार्जर प्रयोग गर्नुभएको होला तर वास्तवमा कहिले पनि लोकल वा युनिभर्सल चार्जरले फोन चार्ज गर्नु हुँदैन । फोनको एक्सेसरिजसँग आएको एडेप्टर नै फोन चार्ज गर्न प्रयोग गर्नुपर्छ ।

पावर सोर्स छान्दाः
कमजोर पावर सोर्सले तपाईंको फोनलाई बिगार्न सक्छ । यदि तपाईं कम्प्युटर वा कुनै वायरलेस चार्जिङबाट फोन चार्ज गर्नुहुन्छ भने तपाईंको फोन निकै ढिलो चार्ज हुन्छ । त्यसकारण सधैं प्लगमा नै फोन चार्ज गर्नुहोस् किनभने कमजोर पावर सोर्सले तपाईंको ब्याट्रि ढिला चार्ज त हुन्छ नै, यसले तपाईंको पूरा फोन नै बिगार्नसक्छ ।

चार्जरलाई ध्यानमा राख्नुहोस्ः
तपाईंको फोन ढिलो हुनुको एउटा कारण युनिभर्सल चार्जर पनि हुनसक्छ । र साथै यसले स्मार्टफोनको ब्याट्रि पनि खराब गर्दछ । त्यसकारण फोन सँगै आएको चार्जर मात्र प्रयोग गर्न जरुरी छ ।

काम नलाग्ने सर्भिसेज बन्द गर्नुहोस्ः
छिटो चार्ज हुनका लागि ब्लूटूथ, जीपीएस र वाइफाईजस्ता सर्भिसेजहरु बन्द गर्नुहोस् । तपाईं यसलाई हाइबरर्नेट पनि गर्न सक्नुहुन्छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us