Friday, 28 October 2016

होटलको छतबाट हाम फाल्दा एक युवतीको मृत्यु, अनुसन्धानका लागि होटल संचालकसहित तीन जना पक्राउ

काठमाडौं । दाङमा होटलको छतबाट हाम फाल्दा गएराती एक युवतीको मृत्यु भएको छ ।

तुलसीपुर–२ को रक्षाचौरमा रहेको ग्रीनपार्क होटेलको छतबाट हाम फाल्दा तुलसीपुर–१८ हेमनगरकी २१ वर्षिया पुनम कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।  दुई दिनअघि तुलसीपुरको बसपार्कबाट १६ लाख रुपैया लुटिएको घटनाको अनुुसन्धानका क्रममा प्रहरी टोली होटेल ग्रीन पार्कमा पुगेको थियो ।

प्रहरी टोली होटलमा पुगेपछि मापसे गरेकी कार्कीले आत्तिएर हाम फालेको र उपचारका क्रममा राप्ती अञ्चल अस्पतालमा गएराति नै मृत्यु भएको प्रहरीले जनाएको छ । कार्कीको शवलाई पोष्टमार्टमका लागि तुलसीपुरस्थित राप्ती अञ्चल अस्पतालमा राखिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव निरिक्षक रामबहादुर जिसीले बताए ।

उनले होटलको छतबाट हाम फाल्दा युवतीको मृत्यु भएपछि प्रहरीले घटनाको छानविनका लागि घटनाको अनुसन्धानका लागि होटल सञ्चालकसहित तीन जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए । 

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us