Thursday, 6 October 2016

खेलौनासँगै खाडलमा ९ वर्षे बालकको शव

वीरगन्ज । पर्सामा  एक बालकको रहस्यमय ढंगमा हत्या भएको छ। पर्सा रामनगरी – ८ का विनोद पटेलका नौ वर्षका छोरा राजन पटेलको हत्या भएको हो। उनको शव प्रहरीले आज बिहान ७ बजे वीरगन्ज चिनी मिल नजिक एउटा खाल्डोबाट बरामद गरेको छ। वीरगन्ज – १६ राधेमाइमा काका बृजकिशोर पटेलसँगै बस्दै आएका राजनको लाशसँगै खेलौना पनि भेटिएको पर्सा प्रहरीले जनाएको छ। 

चिनी मिल नजिक रहेको बिआइटी कलेज भन्दा ६०० मिटर पश्चिमको दुरीमा हत्या गरिएको बालकको शव भेटिएको हो । मृतकका आँखा, पेट र हातमा छुरा प्रहार गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक ऋषि ढुंगानाले जानकारी दिए।

बुधबार साँझ साथीहरुसँग वीरगन्ज माइस्थान र घण्टाघरमा लागेको मेला हेर्न राधेमाई डेराबाट निस्केका राजन अबेर राति घर नफर्केपछि परिवारजनले प्रहरीमा खबर गरेका थिए। तर आज बिहान यस्तो घटना हुँदा आफूहरुलाई विश्वास नलागेको आफन्त अजय पटेलले जानकारी गराए। प्रहरीले उनीसँग मेला हेर्न गएकाहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ। मृतकको शव पोष्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा लगिएको छ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us