Thursday, 6 October 2016

क्यान्सरका बिरामीलाई अव निःशुल्क उपचार

काठमाडौं । क्यान्सरका बिरामीलाई निशुल्क उपचारको तयारी भएको छ । नेपाल क्यान्सर अस्पतालले विपन्न तथा गरिब परिवारलाई निशुल्क सेवा दिने तयारी गरेको हो । 

अस्पतालले हरेक महिना एक जना क्यान्सर रोगीलाई निशुल्क उपचार र उपचार पछिको स्वास्थ्य जाँच पनि निशुल्क गर्ने तयारी भइरहेको जनाएको छ । अस्पतालका डाक्टर कपिन्द्रशेखर अमात्यले जति सक्दो छिटो निशुल्क उपचारको व्यवस्था गर्ने जानकारी दिनुभयो ।

बिरामीले निशुल्क उपचारका लागि ललितपुरको हरिसिद्धीमा रहेको अस्पतालमा वा फोन नम्बर ०१ – ५२ ५१४९६ मा पनि सम्पर्क गर्न सकिनेछ । उपचारका लागि बिरामीले सम्बन्धित गाविस वा जिल्ला विकास समितिको सिफारिस र नेपाली नागरिकताको प्रतिलिपि अनिवार्य ल्याउनु पर्ने डाक्टर अमात्यले बताउनुभयो । 

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us