Friday, 7 October 2016

डा. गोविन्द केसी दशैंभर अनसन बस्ने खतरा, डीन नियुक्तिमा कुरा अड्कियो

काठमाडौं । देशभर दशैंको उमंग सुरु भइसकेको छ । धेरै मानिसहरु राजधानी छाडेर घर लागेका छन् । सिंहदरबारदेखि सबै सरकारी निकायमा भोलिदेखि दशैं विदा सुरु हँदैछ ।

तर, त्रिवि शिक्षण अस्पतालका प्रा.डा. गोविन्द केसी भने चारबुँदे माग राख्दै असोज १० गतेदेखि आमरण अनसनरत छन् । १२ दिन लामो अनसनका कारण उनको स्वास्थ्य गम्भीर बन्दै गएको छ । डा. केसीको अनसन स्थगित गराउने प्रयास भइरहेको सरकारी अधिकारीहरुले बताएका छन् । तर, कुनै ठोस सहमति हुन सकेको छैन ।

डा. केसीले शुक्रबार चार बजेसम्म आफ्ना दुई माग सम्बोधन गर्न सरकारलाई भनेका छन् । डीन नियुक्ति र शुल्क निर्धारणसम्वन्धी समितिको प्रतिवेदन खारेज गर्ने निर्णय भएमा सकारात्मक वातावरण बन्ने डा। केसीको शर्त छ ।

शिक्षामन्त्री धनिराम पौडेलका अनुसार त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) बाट डीन नियुक्तिको माग सम्बोधन गर्ने प्रयास जारी छ । प्रधानमन्त्री प्रचण्ड, स्वास्थ्यमन्त्री गगन थापालगायतले यसका लागि पहल गरिरहेका छन् । तर, यसमा पनि धेरै अवरोध देखिएको स्रोतले बताएको छ ।

सोलिडारिटी फर डा। केसी एलाइन्सका संयोजक जीवन क्षेत्रीले पनि डीन नियुक्ति गर्न भनेको तर, सुनुवाइ नभएको बताए ।

स्रोतका अनुसार डा। केसीले शुक्रबार चार बजेसम्म आफ्ना दुई माग सम्बोधन गर्न सरकारलाई भनेका छन् । डीन नियुक्ति र शुल्क निर्धारणसम्वन्धी समितिको प्रतिवेदन खारेज गर्ने निर्णय भएमा सकारात्मक वातावरण बन्ने डा। केसीको शर्त छ ।

शुल्क निर्धारणसम्वन्धी समिति कार्यान्वयन नगर्ने निर्णय गर्न सकिने भए पनि डीन नियुक्तिमा भने अप्ठ्यारो देखिएको छ । स्रोतहरुका अनुसार अनसनरत डा। केसीले जेपी अग्रवाललाई नै डीन नियुक्त गर्नुपर्ने सर्त राखेका छन् । डा। केसीले एकजनाको नाम मात्र दिएको पुष्टि गर्दै शिक्षामन्त्री पौडेलले भने, विकल्प दिनुस् भनेका छौं हामीले ।’

डीन नियुक्तिमा केसीले दिएको नाम त्रिविले मानेको छैन । त्रिभुवन विश्वविद्यालयले सर्वोच्च अदालतको अन्तरिम आदेशलाई देखाएको छ र उसले महान्यायाधीवक्ताको राय मागेको छ । स्रोत भन्छ, हामी डीन नियुक्ति गरेर भए पनि डा। केसीको अनसन स्थगित गराउने प्रयासमा छौं । तर, यो त्यति सजिलो देखिएको छैन ।’

स्रोतका अनुुसार दशैं विदा सुरु नहुँदै डीन नियुक्ति भएमा डा। केसी दशैंभरि अनसनमा बस्ने सम्भावना बढ्नेछ । डा. केसी यसअघि ८ पटक अनसन बसेका छन् । र, सबैभन्दा लामो अनसन भनेको १४ दिनसम्म गएको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us