Monday, 24 October 2016

प्रहरीसँगको मुठभेडमा १८ जना माओवादी लडाकु मारिए

काठमाडौं ।  भारतको ओडिसास्थित मलकानगिरी जिल्लामा प्रहरीसँगको मुठभेडमा १८ जना माओवादी लडाकु मारिएका छन् । घटनास्थलबाट प्रहरीले ठूलो संख्यामा हतियार तथा गोलाबारुद बरामद गरेको छ । आज बिहान ६ बजे कियासिर बेगानगी जंगलमा भएको मूठभेडमा उनीहरु मारिएका हुन् ।

माओवादीविरुद्ध आन्ध्रप्रदेश पुलिसको विशेष फोर्स र ओडिसा पुलिसले संयुक्त कारबाही गरेको हो ।घटनास्थलबाट प्रहरीले चार थान एके फोर्टि सेभेन राइफल, दुई थान एसएलआर र दुई थान इन्सास राइफल बरामद गरेको छ ।

प्रहरीको कारबाहीमा कयौं माओवादी लडाकु घाइते भएको अनुमान प्रहरीले गरेको छ । कारबाहीपछि सुरक्षाकर्मीले जंगललाई घेराउ हालेका छन् । त्यहाँ थप सुरक्षाकर्मी मगाइएको छ । ओडिसाको मनकानगिरी इलाका छत्तीसगढ र आन्ध्रप्रदेशसँग जोडिएको छ । सो क्षेत्रलाई भारतीय माओवादीको गढ मानिन्छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us