Thursday, 20 October 2016

चिन्नुस् यी हुन काठमाडौंका स्कुलमा बम विष्फोट गराउने मुख्य योजनाकारहरु

काठमाडौं । काठमाडौं उपत्यकाका विद्यालयमा बम विष्फोट गराउने मुख्य योजनाकारसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

क्रान्तिकारी कम्युनिष्ट केन्द्र नामक पार्टीका महासचिव बताउने केशब दाहाल र आफूलाई सो पार्टीको विद्यार्थी संगठनका संयोजक बताउने मिन देवकोटालाई प्रहरीले गएराति पक्राउ गरेको हो ।

गत असोज ४ गते काठमाडौं र ललितपुरका विद्यालयहरुमा बम विष्फोट गराइएको थियो । घटनास्थलमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्र र योङ कम्युनिष्ट फोर्स नेपाल नामको पर्चा भेटिएको थियो । ति क्रान्तिकारी कम्युनिष्ट केन्द्र नामक पार्टीका भ्रातृ संगठनहरू हुन् ।बम विष्फोटलगत्तै मिन देवकोटाले घटनाको जिम्मा लिएका थिए ।

घटना भएको एक महिनापछि पक्राउ परेका उनीहरुलाई शुक्रबार दिउँसो पत्रकार सम्मेलन गरी सार्बजनिक गरिने प्रहरीको तयारी छ ।

अपराध महाशाखा र काठमाडौं प्रहरी परिसरको संयुक्त टोलीले दाहाल र देवकोटालाई काभ्रेस्थित एक घरबाट पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

माओवादी कम्युनिष्ट केन्द्र नेपाल अर्धभूमिगत समूह हो । यसको नेतृत्व देवेन्द्र सिंह ९डिएस० महतले गरेका छन् । प्रहरीले महतको पनि खोजी भइरहेको जनाएको छ । माओवादी पूर्वलडाकुहरुलाई समेटेर महतले माओवादी केन्द्रसँग मिल्दोजुल्दो समूह बनाएर बम र चन्दा आतंक फैलाउँदै आएका छन् । यहि समूहले गत साउन ६ गते काठमाडौंको डल्लुमा एक विद्यालयको बस पनि जलाएको थियो ।

बम विष्फोट गराएको आरोपमा दाहाल र देवकोटासहित अहिलेसम्म ६ जना पक्राउ परिसकेका छन् । यसअघि शंकर लाखे, चन्द्रबहादुर तामाङ, विष्णु पौडेल र होमबहादुर खत्री पनि पक्राउ परेका थिए । तर, त्यतिबेला उनीहरुलाई प्रहरीले तारेखमा छाडेको थियो ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us