Wednesday, 19 October 2016

गृहमन्त्रीको निर्देशन उल्ट्याउदै अमेरिकाबाटै आईजीपीको निर्देशन : तिमीहरू जाऊ, मन्त्रीसँग मै कुरा गर्छु

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको ठाडो आदेशमा तानिएका दुई प्रहरी उपरीक्षक ९एसपी० प्रहरी महानिरीक्षक ९आईजीपी० उपेन्द्रकान्त अर्यालको आदेशमा कार्यक्षेत्र फिर्ता भएका छन् । आफ्नो आदेशअनुसार अभियुक्त नछाड्ने भन्दै गृहमन्त्री निधिको ठाडो आदेशमा प्रहरी प्रधान कार्यालय तानिएका पर्साका एसपी राजुबाबु श्रेष्ठ र सिरहाका श्याम ज्ञवालीलाई आईजीपी अर्यालले बुधबारै कार्यक्षेत्रमा फिर्ता पठाएका हुन् ।

आईजीपीको अधिकारलाई चुनौती दिँदै गृहमन्त्री निधिले पर्सामा पक्राउ परेका हुन्डी कारोबारी र सिरहामा अपहरणकारीलाई कारबाही नगर्न दिएको आदेश पालना नगर्दा आईजीपी विदेशमा रहेका बेला पर्साका श्रेष्ठ र सिरहाका ज्ञवालीलाई कारबाहीस्वरूप तानिएको थियो ।

‘गृहमन्त्रीको आदेशमा उनीहरूलाई प्रधान कार्यालय तानिएको थाहा पाएपछि आईजीपी अर्यालले अमेरिकाबाटै एसपीलाई फोन गर्दै कार्यक्षेत्र जान निर्देशन दिएका हुन् । ‘तिमीहरू कार्यक्षेत्र जाऊ, गृहमन्त्रीसँग म आएर कुरा गर्छु,’ आईजीपी अर्यालको निर्देशन उद्धृत गर्दै प्रधान कार्यालयका एक अधिकारीले भने । प्रहरी नियमावलीले एसपीसम्मको सरुवा अधिकार आईजीपीलाई दिएको छ ।

आफ्नो अधिकारप्रति राजनीतिक हस्तक्षेप भयो, यसले राम्रो सन्देश गएन भन्दै आईजीपी अर्यालले दुवै एसपीलाई तत्कालै कार्यक्षेत्रमा फिर्ता गरेको ती अधिकारीको भनाइ छ । काममा राम्रो छवि बनाएका दुवै एसपीलाई आईजीपी अर्यालले मधेस आन्दोलनकै बेला जिल्ला प्रमुख बनाएर पठाएका थिए ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us